अमरसिंह र विनोयको पत्तासाफ : दार्जीलिङको छनौटमा राजु र निरज

भारतीय जनता पार्टीका उम्मेदवार राजु विष्टले दार्जीलिङ लोकसभा सिटमा भारी मतले जित हासिल गरेका छन्। उनको जितबाट दार्जीलिङका जनताले यसपल्ट पनि भाजपालाई नै रुचाएको सन्देश दिएका छन्। यता निरज जिम्बाको जितेलगत्तै पहिलोपल्ट दार्जीलिङबाटै बङ्गाल विधानसभामा भाजपाले खाता पनि खोलेको छ। जिम्बाका कट्टर प्रतिद्वन्द्वी बनेका गोर्खा जनमुक्ति मोर्चा (दोस्रो) का अध्यक्ष एवं निर्दलीय उम्मेदवार विनोय तामाङ पनि नराम्रो गरी हारेका छन्।


दार्जीलिङ, 23 मई


तृणमूल काङ्ग्रेसका अमरसिंह राई र विनोय तामाङको पत्तासाफ बनेको छ। दुइ लाखभन्दा धेर मार्जिनले जित्छु भन्ने विनय तामाङका उम्मेदवार अमरसिंह राईले चार लाखभन्दा धेर मार्जिनले हार्नु पऱ्यो। अचम्म त यो भयो, भारतभरि मोदी लहर हुँदा भारीमतले जित्ने भाजपा उम्मेदवार एसएस अहलुवालियाको रेकर्ड पनि राजु विष्टले तोडिदियो।

राजु विष्ट उम्मेदवार बनेर आउँदा विनय तामाङ केन्द्रमा तेस्रो मोर्चाले सरकार बनाउने घोषणा गरिरहेका थिए। तर देशमा तेस्रो मोर्चाको हरिबिजोक बनाउँदै भाजपाले जुन मत पायो, त्यस्तै दृष्य दार्जीलिङमा पनि देखा पऱ्यो।

स्ष्ट छ, यसपालि जनताले भाजपालाई प्रेम गरेर होइन विनोय तामाङहरूलाई घृणा गरेर मत खसालेका हुन्। यसैले बताउँछ, पहाडका जनता के चाहन्छन्। अमरसिंह राईलाई लोकसभा उम्मेदवार बनाएर विधानसभा सदस्यबाट राजिनामा दिन लगाएर अमरसिंह राईलाई विनोय तामाङले न यता न उताको त पारे नै हुँदा हुँदैको मनोनित जिटिएको अध्यक्ष पदबाटै विनोय तामाङले हात धोएका छन्।

अहिले विनोय तामाङ न त जिटिए विओए छन् न त विधायक नै बन्न सके। जनताले निरज जिम्बालाई व्यापक मत दिएर विनोय तामाङलाई गतिलै थप्पड हानिदिएका छन्।

भारतीय जनता पार्टीका उम्मेदवार राजु विष्टले दार्जीलिङ लोकसभा सिटमा भारी मतले जित हासिल गरेका छन्। उनको जितबाट दार्जीलिङका जनताले यसपल्ट पनि भाजपालाई नै रुचाएको सन्देश दिएका छन्। यता निरज जिम्बाको जितेलगत्तै पहिलोपल्ट दार्जीलिङबाटै बङ्गाल विधानसभामा भाजपाले खाता पनि खोलेको छ। जिम्बाका कट्टर प्रतिद्वन्द्वी बनेका गोर्खा जनमुक्ति मोर्चा (दोस्रो) का अध्यक्ष एवं निर्दलीय उम्मेदवार विनोय तामाङ पनि नराम्रो गरी हारेका छन्।

भाजपाले आगामी शासनकालका लागि सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको प्रतिबद्धतासहित जारी गरेको  चुनावी घोषणा पत्रमा गोर्खाहरूका लागि दुइवटा प्रमुख बुँदा संलग्न गरेको थियो। दार्जीलिङमा त्यसको व्यापक असर देखापऱ्यो।

भाजपाले दार्जीलिङ र सिक्किम क्षेत्रका गोर्खाहरूलाई आकर्षित गर्दै आफ्नो घोषणापत्रमा गोर्खाअन्तर्गतका ११ जातिलाई जनजातिको मान्यता दिलाउने अनि गोर्खाहरूको समस्याको स्थायी राजनैतिक सामाधान गर्ने प्रतिवद्धता उल्लेख गरेको थियो। भाजपाले सन् २०१४ को चुनावमा पनि यस्तै प्रतिबद्धता जाहेर गरेको थियो। सन् २०१४ को चुनावमा दार्जीलिङबाट भाजपा उम्मेदवार एसएस अहलुवालियालाई गोर्खा जनमुक्ति मोर्चा (पहिलो)ले जिताएको थियो। त्यसअघि पनि भाजपाकै उम्मेदवार जसवन्त सिंहलाई जिताइएको थियो।

भाजपालाई गोर्खाहरूको पक्षमा कुनै काम नगरेको आरोप लागिरहेको भए पनि यसपल्ट पाँच वर्षभित्रमा  भुजेल, गुरुङ, मगर, नेवार, जोगी, खस, राई, सुनार, थामी, यखा (देवान) र धिमाल गरी ११ जातिलाई जनजातिको मान्यता दिने र गोर्खाहरूको समस्याको स्थायी राजनैतिक सामाधान गर्ने भनेपछि दार्जीलिङका लगभग सबै राजनैतिक दल एकबद्ध बनेर राजु विष्टको पक्षमा उभिएका थिए। फलस्वरूप आज विष्टले जित हासिल गरेका छन्।

गोर्खाल्याण्ड राज्यको लागि विधेयक लोकसभामा नलगेको र दार्जीलिङलाई धोखा दिएको आरोपसमेत लागेको भाजपाले यसपल्ट पनि विजय हासिल गर्नुको प्रमुखकारण ममता बनर्जीको तानाशाही राजनीति रहेको भूमिगत मोर्चा नेता विमल गुरुङले बताएका छन्।

‘आन्दोलन दबाउन बङ्गाल सरकारले आन्दोलनकारीहरूमाथि गोली चलायो। विभिन्न मुद्दा लगायो, त्यसैको जवाब जनताले दिएका हुन्,’ राजु विष्ट र निरज जिम्बाको जितपछि विमल गुरुङले  भने,  ‘अमरसिंह राई र विनोय तामाङले ममता बनर्जीसित मिलेर जनताको आन्दोलनलाई सम्झौतामा लगेका थिए, त्यसको जवाब पनि जनताले दिएका हुन्।’

2017 मा ममता बनर्जीले बङ्गला भाषालाई विद्यालयहरूको पठनपाठनमा बाध्यात्मक भाषा बनाएपछि विमल गुरुङले त्यसको विरोध गरेका थिए। बङ्गला भाषा पढ्न जबरजस्ती गरेको भन्दै जनता सडकमा नै उत्रिएपछि ममता बनर्जीले पुलिस र केन्द्रिय सुरक्षा बल लगाएर दमन गरेकी थिइन्। पुलिसले चलाएको गोली लागेर  11 जना आन्दोलनकारीहरूको मृत्युसमेत भएको थियो।  विमल गुरुङलाई गैरकानूनी गतिविधि गरेको भन्दै विभिन्न मुद्दा लगाइएको थियो।

मुद्दा लागेलगत्तै भूमिगत बनेपछि उनको पार्टीका सहसचिव विनोय तामाङले आन्दोलनलाई स्थागित गर्दै राज्य सरकारसित सम्झौता गरेका थिए। सम्झौता गरेलगत्तै विनोय तामाङलाई ममता बनर्जीले दार्जीलिङ क्षेत्रीय प्राधिकरण (जिटीए) को बोर्ड अफ एडमिनिस्ट्रेटरकोरूपमा मनोनित गरेका थिए।

दार्जीलिङमा आफूहरूको जनमत तय गर्न  विनोय तामाङहरू निर्वाचनमा उत्रिएका थिए। ‘दार्जीलिङका जनताले ममता बनर्जी र विनोय तामाङहरूको जनाधार नरहेको सन्देस यही निर्वाचनबाट दिएका छन्,’ विजय बनेका भाजपा उम्मेदवार राजु विष्टले भने, ‘भाजपाले घोषणा पत्रमा जाहेर गरेको प्रतिबद्धतामाथि विश्वास गरेका छन्। हामी हाम्रो प्रतिबद्धता प्रमाणित गर्नेछौं।’

बङ्गालको विधानसभामा भाजपाको खाता खोल्ने भाजपा उम्मेदवार निरज जिम्बाले यसपल्टको चुनाउ गोर्खाहरूको स्वाभिमान र सुरक्षासित जोडिएको जनाए। ‘गोर्खा जाति र गोर्खाहरूको मुद्दालाई सँधैको निम्ति धराशयी गर्ने ममता बनर्जीको कुटनीति सफल बन्न नदिन जनताले आफ्नो भूमिका निर्वाह गरेका छन्,’ जिम्बाले भने, ‘लोकसभा चुनाउ मुद्दाको जित हो। विधानसभा गोर्खा स्वाभिमानको जित हो।’

राजु विष्टले  7,42,965 मत पाएका छन् भने उनको कट्टर प्रतिद्वन्द्वी अमरसिंह राईले भने  3,35,276 मत पाएका छन्। निरज जिम्बाले 88,161 मत पाएका छन् भने उनको प्रतिद्वन्द्वी विनोय तामाङले  केवल 41,623 मत पाएका छन्। 16 जना उम्मेदवार लोकसभा चुनाउमा उत्रिएका थिए भने 9 जना उम्मेदवार विधानसभा उप चुनाउमा उत्रिएका थिए।

विनोय तामाङको हार लगत्तै गोर्खा जनमुक्ति मोर्चाका प्रवक्ता नैतिकताको आधारमा विनय तामाङले जिटिएबाट राजिनामा जिनुपर्ने माग गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया