25 वर्ष पछि सिक्किममा सत्ता परिवर्तन, एसकेएमले जित्यो 17 आसन

गान्तोक, 23 मई। सिक्किमा लगातार 25 वर्षदखि सत्ताको बाडडोर सम्हाल्दै आएको सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) लाई सत्ताच्युत गर्ने सङ्कल्प लिएर परिवर्तनको नारा बोकेर आएको पीएस गोलेको नेतृत्वमा रहेको  सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले सत्ता परिवर्तनको सपना पुरा गरेको छ। सिक्किमको विधानसभा चुनाउको परिणामको फलाफल पछि विपक्षी दल एसकेएमले 32 मध्ये 17 आसनमा जीत दर्ता गरेर सरकार गठनको प्रक्रियामा लागेको छ। पछिल्लो चुनाउहरूमा एसडीएफको किल्ला बनेर चुनाउमा साथ दिँदै आएको पश्चिम जिल्लाले यसपाली परिवर्तनको नारालाई आत्मसात गर्दै 8 वटा आसन मध्ये 6 वटा आसन परिवर्तनको पक्षमा दिएर एसकेएमलाई अघि बढाएको छ। यसगैरि दक्षिण जिल्लामा  दुइवटा आसनबाट एसकेएमले जीत दर्ता गरेको छ।यसैगरि पुर्व सिक्किमबाट 12 आसनमा 6 वटा आसन प्राप्त गरेको छ भन उत्तर जिल्लाबाट तीन वटा आसनमध्ये 2 वटा आसन एसकेएमले प्राप्त गरेको छ। यसैगरि संघको एक्लो आसनमा पुनः एसकेएमले नै जीत हासिल गरेपछि स्पष्ट मत प्राप्त गर्दै सरकार बनाउने दिशामा एसकेएमले जीत दर्ता गरेको छ।

एसकेएमले पश्चिम सिक्किमबाट एसकेएमले योक्सुम टासिडिङमा साङ्गे लेप्चा, याङथाङ भीम हाङ लिम्बू, गेडिङ बर्मेक लोकनाथ शर्मा, दरामदीन  एमएन शेर्पा, सोरेङ च्याखुङ आदित्य गोले (तामाङ), सालघारी जुम सुनिता गजमेरले जित हासिल गरेका छन्। यसैगरि दक्षिण सिक्किमबाट नामथाङ रातेपानीबाट सञ्जित खरेल, तिमी नामफिङबाट बीएस पन्थले एसकेएमको तर्फबाट जितेका छन्। यसैगरि पूर्व जिल्लाबाट भने खाम्दोङ सिङतामबाट एमके शर्मा, वेस्ट पाण्डमबाट एलबी दास, रिनाकबाट विष्णु कुमार खतिवडा, स्यारीबाट कुङ्गा निमा लेप्चा, आरिथाङबाट अरुण कुमार उप्रेती, गान्तोकबाट कुङ्गा निमा लेप्चाले जितेका छन्। यसैगरि उत्तर जिल्लाबाट काबी लुङ्चोकबाट कर्मा एल भोटिया र लाचेन मगनबाट सम्डुप लेप्चाले एसकेएमको तर्फबाट जितेका छन्। यी मध्ये कुङ् निमा लेप्चाले दुइ ठाउँबाट जीत हासिल गरेका छन्।

अर्कोतिर एसडीएफ पार्टीले पश्चिम जिल्लाबाट  मानेबुङ देन्तामबाट एनके सुब्बा,  रिञ्चेनपोङबाट केएस लेप्चाले जीत हासिल गरे भने दक्षिण जिल्लाबाट नाम्ची सिङ्गीथाङ र पोकलोक कामराङ दुइ ठाउँबाट मुख्यमन्त्री पवन चामलिङले जितेका छन्। यसैगरि मल्लीबाट फरवन्ती तामाङ, राङराङ याङगाङबाट राजकुमारी बस्नेत, तुमीन लिङ्गीबाट उगेन टी ग्याछो भोटियाले जितेका छन्। अर्कोतिर पूर्व सिक्किमबाट एसडीएफको पक्षबाट छुजाचेनबाट  केबी राई, नाम्चेबुङबाट एम प्रसाध शर्मा, मार्ताम रूम्तेक र नाताङ माछोङ दुइ ठाउँबाट डीटी लेप्चा, आरिथाङबाट जीटी ढुङ्गेल, अप्पर बुर्तुकबाट डीआर थापाले एस़डीएफको पक्षबाट जितेका छन्। अर्कोतिर उत्तर सिक्किमबाट जङ्गु निर्वाचन क्षेत्रबाट पिन्सो नामग्याल लेप्चामात्र एसडीएफको पक्षबाट जितेका छन्।

यसैगरि लोकसभाको एक्लो आसनमा रहेको 11 जना उम्मेद्वार मध्ये सत्तारूढ एसडीएफ र एसकेएमकै उम्मेद्वार बीच कडा टक्कर रहेको थियो। यसैक्रममा एसकेएमका उम्मेद्वार इन्द्र हाङ लिम्बूले एसडीएफका उम्मेद्वार डीबी कटवाललाई पराजित गरेको छ।

एसकेएमको जीत सितै अहिले राज्यभरि एसकेएम समर्थकहरूमा खुसीको लहर छाएको छ भने विभिन्न स्तरबाट उऩीहरूले विजयको उत्सव माउने प्रक्रिया शुरु गरेको छ। एसकेएम सूत्रले दिएको जानकारी अनुसार आगमी 27 मईको दिन राजधानी गान्तोकको पाल्जोर स्टेडियममा जनताको अघि शपथ ग्रहण हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया