सबैजना स्कर्पियो नै चड्छौं, सबै शनिबार छुट्टीः मुख्यमन्त्री गोले

गान्तोक, 27 मई। 25 वर्ष पुरानो एसडीएफ सरकारलाई परास्त गरेक सिक्किमका नयाँ मुख्यमन्त्री  बनेका पीएस गोलेले मुख्यमन्त्रीको पदभार टाशिलिङ सचिवालमा रहेको मुख्यमन्त्री कार्यालयमा पुगेर लिएपछि  मुख्य सचिव तथा अन्य विभागीय प्रमुख सित परिचयात्मक वैठक गरे। जसमा उपस्थित मन्त्री परिषदका सदस्य तथा विधायकहरू र राज्यका मेसिनेरीलाई आभार प्रकट गरे।

उनले सबैलाई एउटै परिवारको विभिन्न भागहरू सरह मिलेर सिक्किमको राम्रोको लागि काम गर्नुपर्ने आह्वान गरे। उनले सिक्किमे जनताको आकाङ्क्षालाई पूरा गर्न संगठित भएर काम गर्नुपर्ने पनि बताए। सिक्किमको विकासको नयाँ माइलखुट्टी तय गर्न अनि राज्यको असल विकासको निम्ति सही अधिकारीहरूको सहयोगको अपेक्षा गरे। उनले सम्पूर्ण सरकारी तन्त्रले एउटै परिवार जस्तो भएर एका अर्कामा आवश्यकताको समय सहयोगी बनेर काम गर्नुपर्ने आह्वान गरे।

मुख्यमन्त्री गोलेले नयाँ सरकारको दललाई सहयोग र समर्थनको खाँचो पर्ने हुनाले सहयोगको अपेक्षा गर्दै आफ्नो तर्फबाट पनि सरकारी अधिकारीहरूसित पूर्ण सहयोग रहने बताए। उनले सबै अधिकारी र कर्मचारीहरूलाई नयाँ सरकारले बिना कुनै डर भय निस्फिक्रि र स्वतन्त्ररूपमा काम गर्ने वातावरण सिर्जना गर्ने  र राजनैतिक हस्तक्षेप नगर्ने अनि अवैध काम गर्ने गराउन नलगाउने पनि बताए। उनले कर्मचारीहरूलाई भिक्टिमाइज गर्ने प्रथालाई उन्मुलन गर्ने र कर्मचारीहरूको आधिकारिक प्रावधानमा कुनै हस्ताक्षेप नगर्ने अनि असल कामको पारितोषिक दिने बताए यसैगरि उनले कुनै पनि गलत र अवैध काम गर्ने अधिकारीलाई भने साथ नदिने पनि बताए।

अर्कोतिर पूर्व मुख्यमन्त्री पवन चामलिङको सरकारसित केवल नीति र सिद्धान्तको मात्र द्वन्द रहेको अनि चुनावी लडाई मात्र रहेको भन्दै वर्तमान सरकारले सधैं उनको सल्लाह र सुझाउ सिक्किमलाई राम्रो बनाउन अपेक्षा गर्ने बताए। यसै गरि पूर्व सरकारमा जति पनि राम्रो मिशनहरू रहेको छ त्यसलाई पुरा गर्ने अनि सबैलाई नराम्रो भन्दैनौं भन्दै आफ्नो कार्यक्रमहरू पनि ल्याउने बताए। आफ्नो पार्टीको घोषणा पत्रमा रहेको सबै कुरालाई ध्यानमा राखेर काम गर्ने अनुरोध पनि गरे।   उनले मुख्य सचिव पुलिस महा निर्देशक अनि सम्बन्धित अधिकारीहरूलाई राज्यको कानुन आदेश सुचारु गर्ने अनि कसैलाई पनि पार्टीको आधारमा नभएर निस्पक्षरूपमा दोषीमाथि कार्वाही गरेर दण्ड दिने र कानुनको राज बचाइ राख्ने निर्देश पनि दिए।

यसै गरी राज्यको मेसिनरीले पूर्ण रूपमा नयाँ सरकारलाई सहयोग गर्ने अनि सिक्किमको शान्ति र समृद्धिको निम्ति संयुक्तरूपमा कार्य गर्न तत्पर रहेको मुख्यसचिव एके श्रीवास्तवले आफ्नो सम्बोधनमा मुख्यमन्त्रीलाई विश्वस्त गराए। वैठकमा उपस्थित अधिकारीहरूले नयाँ मुख्यमन्त्री अनि उनको दललाई परम्परागत खदा माला लगाएर स्वागत जनाएका थिए। बैठक पछि पत्रकारहरूसित कुराकानी गर्दै अब सरकारले मुख्यमन्त्री लगायात मन्त्री र विधायकहरूले केवल महङ्गो वाहन नचड्ने अनि सरकारको राजस्व बचाउन फर्चुनरको साटो स्कर्पियो वाहनको प्रयोग गर्ने घोषणा गरे। उऩी स्वयं पनि टासिलिङ सचिवालय स्कर्पियो वहानमा आएका थिए।

यसैगरि उनले अब उसो सिक्किमको कर्मचारीहरूलाई सबै शनिबार छुट्टी दिइने घोषणा पनि गरे। यसलाई कर्मचारीहरूलाई आफ्नो व्यक्तिगत स्वास्थ्य र परिवारलाई हेरचाह गर्न समय  दिनको निम्ति यो नियम लागु गरेको बताए। वाहन प्रयोगबारे मुख्य सचिव एके श्रीवास्तवले एउटा अधिसूचना पनि जारी गरिसकेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया