‘मैले हारेर पनि जितेको छु’

खबरम्यागजिन प्रतिनिधि

मिरिक, 23 मई 2017


मिरिक नगरपालिका चुनावमा वार्ड नम्बर छबाट निर्दल प्रार्थीको रूपमा खडा भएर हार बेहोरेका उम्मेदवार बिक्रम गोलेले शीघ्र नै आफू मोर्चामा फर्किने कि तृणमूलमा जाने भन्ने कुराको निर्णय  हुने जनाएका छन्।

‘गोर्खाल्याण्ड कुनै पनि राजनैतिक दलको पेवा मुद्दा होइन। यो मुद्दा जसले पनि जुनसुकै दलमा रहेर पनि उठाउन सक्छ,’ उनले यसै सन्दर्भलाई जोड्दै भने, ‘तृणमुलभित्र रहेर पनि गोर्खाल्याण्डको माग गर्न सकिन्छ।’

उनले आज पत्रकारहरुसँग कुराकानी गर्दै उनलाई जनताले जुन एक सय बाह्र भोट दिएको छ, त्यही मेण्डेटलाई लिएर काम गर्ने प्रतिबद्धता पनि जनाएका छन्। आफुप्रतिको जनताको विश्वासलाई घात नगर्ने भन्दै मिरिकमा तृणमुलको बोर्डले बिकासको मूल फुटाउने आशा पनि व्यक्त गरे।

‘यसपालिको चुनाउमा मैले हारेर पनि जितेको छु,’ उनले भने, ‘कतिजना l जितेर पनि हारेका छन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन