बिनय हारेलगत्तै सशक्त बन्दै विमल समर्थक : नयाँ कार्यशैलीसितै अघि बढ्ने

‘जनतालाई विभिन्न प्रकारका यातना दिएर तथा धम्कीधमास दिएर जुन तानाशाही शासन व्यवस्था विनय तामाङहरूले लागू गरिहेका थिए त्यसको अन्त्य गरेर जनताले जवाब फर्काएका छन्,’ उनले थपे,  ‘अब विनयहरूलाई राजनीति गर्ने नैतिक अधिकार छैन।’


दार्जीलिङ, 28 मई


नराम्रो घतले हार्नु परेपछि विनय तामाङ समूह निष्क्रिय बन्दै गइरहेको छ। लोकसभा र विधानसभा उपचुनाउ दुवैमा अप्रत्याशितरूपमा भाजपा उम्मेदवारहरूको जितपछि भने विमल गुरुङ समूहलाई निक्कै सक्रिय बन्दै गइरहेको देखिएको छ।

अहिले  गोर्खा जनमुक्ति मोर्चा (पहिलो)-का समर्थकहरूले भटाभट बैठक गर्न शुरु गरेका छन्। यसै क्रममा चुङथुङ मारेबोङ तामसाङ समष्टिअन्तर्गत लिङ्गे चियाबिरीस्थित सार्वजनिक भवनमा गोर्खा जनमुक्ति मोर्चा (बिमल खेमा) का समत्ऱकहरूले बैठक गरे।

शरण लामाको अध्यक्षतामा भएको सभामा पार्टी विस्तार गर्ने विषयलाई लिएर व्यापक चर्चा-परिचर्चा गरिएको छ। ‘1 जुनदेखि समष्टिभित्रका प्रत्येक शाखामा सभा आयोजन गरेर पार्टी विस्तारको कार्यक्रमलाई अघि बढाइनेछ,’ शरण लामाले भने, ‘साङ्गठनिक विस्तारणको प्रक्रिया अब शुरु भएको छ।’

शरणको दाबी छ, विगत लोकसभाको चुनाउ र विधानसभाको उपचुनाउमा लज्जास्पद हार हुनुसङ्गै विनय खेमाको अस्तित्व पनि शेष भइसकेको छ। ‘जनतालाई विभिन्न प्रकारका यातना दिएर तथा धम्कीधमास दिएर जुन तानाशाही शासन व्यवस्था विनय तामाङहरूले लागू गरिहेका थिए त्यसको अन्त्य गरेर जनताले जवाब फर्काएका छन्,’ उनले थपे,  ‘अब विनयहरूलाई राजनीति गर्ने नैतिक अधिकार छैन।’

उनले बिमल गुरुङको नीति र धैर्यताको जीत भएको कुरा जाहेर गर्दै अब समष्टिमा फेरि प्रत्येक शाखाहरू पुनर्गठन गर्ने र पार्टीलाई पहिलाभन्दा पनि मजबूत बनाएर लैजाने दिशामा काम गर्ने योजनाबारे खुलस्त पारे।

उनले सुनाएका योजनाअनुसार आगामी 1देखि 12 जुनसम्म समष्टिभरि शाखा विस्तारको कार्यलाई निरन्तरता दिइनेछ।

‘हामीले अब मान्छे चिनेर राजनीति गर्नुपर्छ, जसले पनि दु:खको समय पार्टीलाई साथ दिएका छन्, उनीहरूको कदर गर्नुपर्छ र प्रत्येक शाखा प्रशाखाहरूको भावनालाई बुझेर अनुशासनबद्ध भएर काम गर्नुपर्छ,’ लामाले भने।

लामाले पहिलाजस्तो मनपरी गर्न नमिल्ने र पार्टीको नियम तथा अनुशासनअनुसार सबैलाई काम गर्ने बनाउने भन्दै लामाले अबउसो नयाँ सोच लिएर साङ्गठनिक कामकुरोहरू गर्नुपर्ने  बताए।

सभामा समष्टिभित्रका प्रत्येक शाखाबाट साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने सभालाई राजकुमार राई, गोबिन गुरुङ, सर्जु छेत्री आदिले सम्बोधन गरेका थिए। विधान राईद्वारा सञ्चालन गरिएको उक्त सभामा सङ्गठन विस्तार गर्ने तथा ट्रेड युनियन, युवा मोर्चा, नारी मोर्चा आदिलाई पनि सक्रिय बनाएर लैजाने निर्णयलाई सरावसम्मतिद्वारा पारित गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया