बाबाको टोपी-को कथा गाउँदै छाउँदै महेश

एक समय ‘मायालुले सम्झ्यो कि बाडुली पो लाग्यो’ भन्दै खुब प्रेमिल बन्ने गायक महेश सेवाले ‘बाबाको टोपी’-को कथा हाल्दै नयाँ गीत सार्वजनिक गरेका छन्। उनको नयाँ गीत भर्खरै युट्युबमा छाएको छ। उनको ‘बाबाको टोपी’- म्युजिक भिडियो निक्कै रुचाइएको छ।

गोविन्द हुमागाइँ (अमेरिका) का शब्द र गायक/सङ्गीतकार कर्मा ग्याल्छेन बम्जनको सङ्गीतमा रहेको यो गीतमा महेश सेवाको स्वर काठमाडौंको पर्पर स्टेडियोमा रेकर्डिङ गरिएको यो गीतको भिडियो निर्देशन सोनाम पाखरिनले गरेका हुन्।

उल्लेखनीय छ, गोविन्द हुमागाइँको शब्द रहेको यो बुलाकी गीति एलबमका कुल 9 वटा गीत छन्, जसमा महेश सेवालगायत उदय सोताङ, स्वरूपराज आचार्य, अञ्जु पन्त, कर्मा ग्याल्छेन बम्जन, मीना पोखरेल निरौला, विश्व नेपाल, बानिका प्रधान र रमेश कड़ेलजस्ता गायक-गायिकाहरूको स्वर छ।

रिलिज भएको केही घण्टामै बाबाको टोपी गीतको भिडियोले दर्शक/श्रोताहरूको राम्रो र उत्साहवर्द्धक माया पाउन थालेपछि गायक महेश सेवा धेरै उत्साहित बनेका छन्।

गीतको लिङ्क तल छ-

https://www.youtube.com/watch?v=hU6kPiCCuQ8

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया