गोर्खाल्याण्डको बील सदनमा पारित गरिएमात्र हामी स्वेच्छाले जीटीए अनि नगरपालिकाहरू त्याग गर्नेछौं- विनय तामाङ

गोरामुमोले र गोजमुमोले राजिनामाको माग गरेकोले तामाङले दुवै दलले जिटिए ताकेको आरोप लगाएका हुन्। उनले चुनाउबेला जनतामा कबुलेको बचन सबै पूरा गर्नेसमेत बताएका छन्। ‘गोर्खाल्याण्डको बील सदनमा पारित गरिएमात्र हामी स्वेच्छाले जीटीए अनि नगरपालिकाहरू त्याग गर्नेछौं’, तामाङले भनेका छन्, ‘त्यसपछि साधारण जनता भएर उनीहरूको समर्थनमा उत्रिनेछौं।’


दार्जीलिङ, 28 मई


चुनाउमा नराम्रो घतले हारेपछि पहिलोपल्ट मिडियालाई विज्ञप्ति जारी गरेर विनय तामाङले गोजमुमो (मूल) र गोरामुमोले जिटिए पनि खोसिदिने हो भन्ने भय प्रकट गर्दै उनीहरूले जिटिएतिर नहेरेर राजु विष्ट मार्फत गोर्खाल्याण्डको बील संसदमा पारित गरेर देखाउनुपर्ने जनाएका छन्।

उनीअनुसार भाजपा उम्मेदवारहरूले जनतामा गोर्खाल्याण्डको मुद्दा राखेर चुनाउ जितेका हुन्। तर अहिले जीटीए र नगरपालिकाको चौकी ताकिरहेका छन्।  ‘उनीहरूले जनताको मत अनि आकांक्षालाई सम्मान गर्दै भाजपालाई गोर्खाल्याण्डको बील सदनमा पारित गर्नु लाउन्,’ तामाङले भनेका छन्,  यसो गरेमा हामी जीटीए अनि नगरपालिका दुवै त्यागेर समर्थन गर्नेछौं।’

गोरामुमो र गोजमुमो (मूल)ले विनय तामाङहरूलाई राजिनामाको माग गरेका छन्। यसैको जवाबमा तामाङले विज्ञप्ति जारी गर्दै आफूहरूले राजिनामा नदिने बताएका छन्।

गोरामुमोले र गोजमुमोले राजिनामाको माग गरेकोले तामाङले दुवै दलले जिटिए ताकेको आरोप लगाएका हुन्। उनले चुनाउबेला जनतामा कबुलेको बचन सबै पूरा गर्नेसमेत बताएका छन्। ‘गोर्खाल्याण्डको बील सदनमा पारित गरिएमात्र हामी स्वेच्छाले जीटीए अनि नगरपालिकाहरू त्याग गर्नेछौं’, तामाङले भनेका छन्, ‘त्यसपछि साधारण जनता भएर उनीहरूको समर्थनमा उत्रिनेछौं।’

अर्कोतिर दार्जीलिङ नगरपालिका अध्यक्षा प्रतिभा तामाङले पनि नगरपार्षदहरूको राजिनामाको मागबारे प्रतिक्रिया गर्दै  2022-सम्म आफूहरूले राजिनामा नगर्ने अनि राजनैतिक दल पनि नफेर्ने जनाएकी छन्।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा नेता अजय एड्वर्डले दार्जीलिङ पहाडले दिएको जनमतलाई स्वीकार गर्दै दार्जीलिङ पहाडका सम्पूर्ण नगरपालिकाका नगरपार्षदहरूले आ-आफ्नो पदबाट राजीनामा दिनुपर्ने मागगरेका थिए।

आह्वानको प्रतिक्रिया दिंदै आज दार्जीलिङ नगरपालिका अध्यक्षा प्रतिभा तामाङले यसो भनेकी हुन्।

‘दार्जीलिङ, खरसाङ, कालेबुङ नगरपालिकाका नगरपार्षदहरूलाई जनताले वर्ष 2022-सम्मको लागि जनमत दिएका छन्,’ उनले भनेकी छन्,  ‘यसैले यस अवधिसम्म एकैजना नगरपार्षदले आफ्नो पदबाट राजीनामा दिने छैनन्।’ 2022-मा हुने नगरपालिकाको चुनाउमा जनताले कसलाई चयन गर्ने हो, त्यो त्यसै समय जनमत स्पष्ट हुने उनको अडान हो।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया