मानव तस्करी एंव यौन उत्पीडनमाथि जनचेतना

खबरम्यागजिन प्रतिनिधि

मिरिक, 23 मई 2017


कञ्चनजङ्घा उद्धार केन्द्रले आज मिरिकको व्यवसायी भवनमा मिरिक पुलिस र मिरिक खण्ड बिकास कार्यालयको सहयोगमा मानव तस्करी एंव यौन उत्पीडनमाथि एक जनचेतना कार्यक्रमको आयोजना गऱ्यो। कञ्चनजङ्घा उद्धार केन्द्रकी महासचिव रङ्गु सौरियाले मानव तस्करीको जड, कसरी मानव तस्करी हुन्छ अनि त्यसमाथि केन्द्रले गरेको कार्यहरूको विवरण प्रस्तुत गरिन्। केन्द्रका सदस्य प्रभात पाठकले पावर पोइन्ट मार्फत मानव तस्करी र यौन उत्पीडनको दृष्टान्तहरू प्रस्तुत गर्दै चेतना अभिवृद्धि गराए।

मिरिक खण्ड सहअधिकारी नवाङ्ग छिरिङ शेर्पाले कार्यक्रमलाई सम्बोधन गर्दै मानव तस्करीको खबर निडर भई विभिन्न निकायसमक्ष दिएर यस्तो घृणित कार्यलाई जरैदेखि उखेल्ने आह्वान गरे। आजको कार्यक्रममा मिरिक एसडीपीओ पार्थ रोई मिरिक थाना प्रभारी सुजित लामा लगायत मिरिकका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयहरूका विद्यार्थीहरू र शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन