ममता पनि जाने मोदीको शपथ ग्रहणमा

चुनावी मैदानमा भारतीय जनता पार्टी (भाजपा) की घोर विरोधी ममता व्यानर्जी बिहिबार हुने नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा समावेश हुने भएकी छन् ।

ममता व्यानर्जीले राष्ट्रपति भवनले पठाएको निमन्त्रणलाई स्विकार गर्दै शपथग्रहण कार्यक्रममा जाने जानकारी गराएकी छन् ।

ममताले एक न्यूज एजेन्सीसँग भनेकी छन्, ‘मैले अन्य राज्यका मुख्यमन्त्रीसँग पनि कुराकानी गरेको छु । उनीहरु राष्ट्रपति भवनमा हुने कार्यक्रममा सहभागी हुनेछन् । र म पनि कार्यक्रममा सहभागी हुनेछु ।’

३० मई बेलुकी सात बजी राष्ट्रपति भवनमा नरेन्द्र मोदी प्रधानमन्त्रीको पद र गोपनियताको शपथ लिनेछन् ।

स्मरण रहोस्, सन् २०१४ मा ममता मोदीको शपथग्रहण कार्यक्रममा सहभागी भएकी थिइनन् तर उनले आफ्नो प्रतिनिधि अमित मित्रा र मुकुल रोयलाई पठाएकी थिइन् । मुकुल रोय पछि भाजपा प्रवेश गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया