नगपालिका धस्किने बित्तिकै आत्तियो बङ्गाल पुलिस : पुलिसी दमन विरुद्ध पहाडभरि आवाज उठ्ने सम्भावना : जनता भन्छन्, -पुलिस दमनले सिमा नाघ्यो, अब सहिन्न

दार्जीलिङका 18 जना नगरपालिकाहरूले आफूहरू विमल गुरुङ पक्षमा फर्किँदै नगरपालिकामा नो कन्फिडेन्स मोसन ल्याउन दवाब ल्याउने माग गरेका छन्। नगरपालिका भत्किने बित्तिकै बङ्गाल पुलिस फेरि आफ्नो असलीरूपमा उत्रिएको छ। हिजैमात्र दार्जीलिङ नगरपालिकाका अध्यक्ष प्रतिभा राईले 2022 सम्म नगरपार्षदहरूले राजिनामा नदिने र चुनाउपछि जनताले जसलाई रोज्छ उनीहरू नै नगरपालिकामा बस्ने बताएकी थिइन्। तर उनै प्रतीभा राईलाई एक्लो बनाएर 18 जना नगरपार्षदहरूले नगरपालिकामा नो कन्फिडेन्स मोसन ल्याउन मागगरे लगत्तै नगरपालहरूसितको बैठक गरेर बाहिरिँदै गरेका मोर्चा प्रवक्ता बजगाईँलाई पक्राउ गरिएको हो।


दार्जीलिङ, 29 मई


बङ्गाल सरकार गोर्खा जनमुक्ति मोर्चा (मूल)-को बढ्दो गतिविधिदेखि तीब्ररूपमा डराइरहेको प्रमाणित भएको छ। भर्खरै विनय तामाङ, अमरसिंह राईजस्ता तृणमूल निकटका नेताहरूलाई जनताले अध्याधिक मतले पराजित गरेपछि पुलिसले दार्जीलिङमा अशान्ति तीब्र गरेको छ। यसैबीच मोर्चाका प्रवक्ता बीपी बजगाईँलाई पक्राउ गरिएको छ।

यसअघि दार्जीलिङका 18 जना नगरपालिकाहरूले आफूहरू विमल गुरुङ पक्षमा फर्किँदै नगरपालिकामा नो कन्फिडेन्स मोसन ल्याउन दवाब ल्याउने माग गरेका छन्। नगरपालिका भत्किने बित्तिकै बङ्गाल पुलिस फेरि आफ्नो असलीरूपमा उत्रिएको छ।

हिजैमात्र दार्जीलिङ नगरपालिकाका अध्यक्ष प्रतिभा राईले 2022 सम्म नगरपार्षदहरूले राजिनामा नदिने र चुनाउपछि जनताले जसलाई रोज्छ उनीहरू नै नगरपालिकामा बस्ने बताएकी थिइन्।

तर उनै प्रतीभा राईलाई एक्लो बनाएर 18 जना नगरपार्षदहरूले नगरपालिकामा नो कन्फिडेन्स मोसन ल्याउन मागगरे लगत्तै नगरपालहरूसितको बैठक गरेर बाहिरिँदै गरेका मोर्चा प्रवक्ता बजगाईँलाई पक्राउ गरिएको हो।

 

बजगाईँलाई पक्राउ गरेलगत्तै दार्जीलिङमा तनाउ बढेको छ। जनता खुलेर सडकमा आएकोले निक्कै अशान्ति सिर्जना हुनसक्ने अनुमान गरिएको छ।

बजगाईं मोर्चामा लागेको छोटो समयमा नै दार्जीलिङका जनताको मन जित्न सफल नेता हुन्। उनलाई पक्राउ गरेको खबर सुन्नसाथ जनता आफै सडकमा उत्रिएर पुलिस विरुद्ध नाराबाजी गर्न थालेका हुन्। नगरपार्षदहरुसँग सभा गर्न गएका बजगाईलाई पुलिसले डिटेन गरेको बताइएको छ। यद्धपि, पुलिसले पक्राउ वा डिटेनको कारण खुलाएको छैन।

विमल गुरुङ समूहका प्राय सबै नेताहरूलाई बङ्गाल पुलिसद्वारा अनेकौं मुद्दा लगाइएको छ। उनीहरू अधिकांश नै भूमिगत छन्। यस्तोमा मोर्चाको कमान बजगाईँले सम्हालिरहेका थिए। बजगाईँले मोर्चाको कमान सम्हालेलगत्तै विनय खेमा मोर्चा अल्पमत र अल्पसमर्थनमा गएको थियो।

2017 मा विमल गुरुङलाई संविधान विरुद्ध गतिविधि गरेको भन्दै युएपीए मुद्दा लगाएर थन्को लगाउन पुलिस सक्षम बनेको थियो। यद्धपि, विमल गुरुङले भूमिगत बसेरैपनि दार्जीलिङमा भाजपा उम्मेदवार राजु विष्ट र निरज जिम्बालाई जिताउन सक्षम बनेका थिए।

विष्ट र जिम्बाले जितेलगत्तै बङ्गाल पुलिस आत्तिन शुरु भएको हो। केही दिनदेखि पुलिसले रातीराती कालेबुङ लगायत दार्जीलिङमा प्रेट्रोलिङसमेत शुरु गरेको थियो। यता विनय तामाङहरू हारको कारण खुलेर अघि बढ्न सकिरहेका छैनन्। यस्तोमा विमल गुरुङ समर्थकहरूले विभिन्न ठाउँमा सङ्गठन विस्तार गरिरहेका छन्।

यी सबै कुरामा गिद्धे नजरगाडेर बसेको बङ्गाल पुलिसले अहिलेसम्म पनि विमल खेमा नेताहरूलाई पक्राउ गर्ने मौका हेरेर बसेको छ। बताइएअनुसार बङ्गाल पुलिससित धेरैको सूची छ। जसलाई पक्राउ गर्ने तयारी चलिरहेको छ। यता जनताले भने बजगाईँको पक्राउ लगत्तै सडक ओर्लिन शुरु गरेको छ। पछिल्लो समय विमल खेमाका नेता पक्रिँदा व्यापकरूपले पुलिस विरुद्ध आवाज उठाउन जनता सडक आएको यही पहिलो घटना पनि हो। स्पष्ट छ, अब जनता खुलेर पुलिसी दमनको विरोध गर्न उत्रन शुरु भएको छ। बजगाईँलाई पक्राउ गरेर पुलिस आफैले पहाडमा अशान्ति सृजना गरेको छ। जसको विरुद्ध जनता जमेर सडक ओर्लिने सम्भावना बनेको छ।

शान्ति बनाइराख्ने अपील

यता गोर्खा जनमुक्ति युवा मोर्चा, केन्द्रिय समितिका कार्यकारी अध्यक्ष नमन राई पहाडको जनतालाई आवेशमा न आइदिने आग्रह गर्दै शान्ति श्रृङ्खला कायम राख्ने अनुरोध गरेका छन्।

‘हाम्रा पार्टी प्रवक्ता बीपी बजगाईंलाई पश्चिम बङ्गाल पुलिस प्रशासनद्वारा तृणमूल पार्टी सरकारको दवाबमा आएर झुटो मुद्दा दर्ता गरि पक्राउ गरिएको छ। बजगाईंमाथि थोपिएको कानुनी मुद्दा राजनैतिक उत्प्रेरित भएको कारण उनलाई बिना शर्त पुलिस प्रशासनले रिहा गर्ने माग गोर्खा जनमुक्ति युवा मोर्चा गर्दछ,’ उनले भनेका छन्, ‘गणतान्त्रिक देशमा गणतन्त्रिक ढाँचाको मानमर्यादा राख्न हामी जान्दछौं। कानुन र संविधान विरोधी कार्य न त अघिको दिनमा गरेका थियौं न त भविष्यमा गर्नेछौं। देशको संविधान र कानुनलाई जहिलेपनि हामी शिरोपर गर्दछौं।’

उनले अझ भनेका छन्, ‘हामीलाई विश्वास छ प्रशासनले पहाडमा शान्ति श्रृङ्खला कायम राख्न कसैको करकापमा परेर होइन तर कानुनको सही पालना गर्दै न्यायोचित पदक्षेप लिनेछ। यसोस्ले दार्जीलिङ जिल्ला प्रशासनले पनि कुनै राजनैतिक दल र नेताको दवाबमा नपरेर आम नागरिकको हित र सुरक्षामा काम गरिदिने अपिल गर्दछौं। जनतालाई पनि आवेशमा न आइदिने आग्रह गर्दै शान्ति श्रृङ्खला कायम राखिदिने बिनम्र निवेदन गर्दछौँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया