डिटेनको लागि बीपी बजगाईँलाई लगिएको छ थाना : झुक्याएर हस्ताक्षर गर्न लगाएको आरोपमा बजगाईँहरू विरुद्ध थानामा प्राथमिकता

दार्जीलिङ, 29 मई


दार्जीलिङ नगरपालिकाका १८ जना नगरपार्षदहरूको समर्थन आफूहरूको पक्षमा रहेको बताउँदै नगरपार्षद नोमन राईको नेतृत्वमा विमलपन्थी गोजमुमोले अविश्वास प्रस्तावको माग गरेलगत्तै दार्जीलिङ पहाडको राजनैतिक परिवेश निकै गर्मिएको छ। यो मामिला गर्मिने वित्तिकै पुलिसले मोर्चा प्रवक्ता बीपी बजगाईँलाई पक्राउ गरिएको छ। उनलाई दार्जीलिङ थानामा नै डिटेन गरेर राखिएकोले बेला नै वार्ड नम्बर २८ का पार्षद लाक्पा (तामाङ) शेर्पाले विमलपन्थी नगरपार्षदहरूले आफूलाई नगरपालिकाको स्कीमको लागि भनेर खाली पानामा हस्ताक्षर गर्न लगाएर धोका दिएको आरोप लगाउँदै विमलपन्थी नगरपार्षद् नोमन राई, अनुपहाङ सुब्बा, अम्बिका शर्मा, महिमा राणा गुरुङलगायत् गोजमुमो केन्द्रिय समिति प्रवक्ता बीपी बजगाईहरू विरूद्ध दार्जीलिङ सदर थानामा प्राथमिकी दर्ता गरेका छन्।

एकातिर विमलपन्थी नगरपार्षद नोमन राईले नगरपार्षद्हरूको बहुमत आफूहरूको पक्षमा रहेको दावी गरिरहेका छन् भने विनयपन्थी नगरपार्षदहरूले उक्त दावी झूटो रहेको बताइरहेका छन्। विनयपन्थी नगरपार्षद् एवं दार्जीलिङ नगरपालिका उपाध्यक्ष सागर तामाङले अधिकाशं नगरपार्षदहरू आफूहरूसितै रहेको बताएका छन्। कतिपय नगरपार्षदहरूले आफूलाई फोन गरेर झूटो बोलेर सादा पानामा हस्ताक्षर गर्न लगाएको र कतिपय नगरपार्षदहरूको हस्ताक्षरसमेत नमिलेको पनि बताएका छन्।

यसबाहेक आज अविश्वास प्रस्तावको माग गर्ने क्रममा दार्जीलिङ नगरपालिका अध्यक्षा प्रतिभा राई तामाङमाथि धक्कामुक्का गरिएको पनि विनय खेमा नगरपार्षदहरूले आरोप लगाएको छ। उक्त घटनाको लगत्तैपछि नगराध्यक्षाको स्वास्थ्यमा समस्या भएको थियो भने उनलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया