मिरिक नगरपालिकाले पर्खँदैछ 29 मई

मनोहर शर्मा

मिरिक, 23 मई 2017


मिरिक नगरपालिकाको नवनिर्मित बोर्ड आउँदो 29 मईको दिन गठन हुँदैछ। मिरिकमा प्रथमपटक राज्यको सत्तारुढ दल तृणमूल काङ्ग्रेसले यसवर्ष बोर्ड गठन गर्नेछ। गत 14 मईको दिन सम्पन्न चुनाउमा राज्यको सत्तारूढ दल तृणमूल काङ्ग्रेसले मोठ नौ वटा वार्ड मध्ये छ वटामा विजय प्राप्त गर्दै मिरिक नगरपालिकाको बोर्ड गठन गर्न सफल बनेको थियो।

जसको परिणाम 17 मईको दिन भएको थियो। बाह्र दिनपछि 29 मईको दिन बोर्ड गठन हुने सूत्रमार्फत थाहा लागेको छ। उक्त दिनको शपथ ग्रहण समारोहमा राज्यका पीडब्ल्युडी एव युवा खेलकुद विषयक मन्त्री अरूप विश्वास लगायत तृणमूलका दार्जीलिङ जिल्ला नेतृत्वहरू राजेन मुखिया, बिन्नी शर्मा बिष्णु गोले, शान्ता छेत्री, प्रदीप प्रधान, जेबी तामाङ, एनबी खवास, आप्पा राजेन अनि शारदा सुब्बा राई आदिको उपस्थिति रहने थाहा लागेको छ।

तृणमूलले अवागै अध्यक्ष पदमा एल. बी. राईको नाम घोषणा गरिसकेको छ भने उपाध्यक्ष को हुने अझसम्म खुलासा गरिएको छैन। मिरिकमा तृणमूलले बोर्ड गठन गरेर एउटा इतिहास कायम गरेको छ। तृणमुलसितै एल. बी. राईले पनि मिरिकमा चार कार्यकालसम्म अध्यक्ष बन्ने इतिहास कायम गर्नेछन्। यस अघि उनी तीन पटक अध्यक्ष र एक पटक नगर पार्षद बनिसकेका छन्। मिरिकमा क्षेत्रीय दल बाहेक राज्यको राजनैतिक दलले बोर्ड गठन गरेको यो पहिलोपटक हो।

यस अघि माकपाले मिरिक नगरपालिकाको प्रथम चुनाउमा तीनवटा आसनमा विजयी हासिल गरे तापनि पछिबाट ती नगरपार्षदहरू तत्कालीन पहाडको सत्तारूढ दल गोरामुमोमा सामेल भएका थिए तर यस वर्ष तृणमूलले बहुमत प्राप्त गर्दै बोर्ड दखल गर्न सफल बनेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन