बजगाईँ र समूहलाई फँसाउने षडयन्त्र हुँदैछ-विमल गुरुङ

‘पुलिसले फर्जी मुद्दा लगाएर, दवाब दिएर पक्राउ गरेको हो। बजगाईँ र टिमलाई नै फँसाउने काम गरिएको छ,’ गुरुङले भनेका छन्, ‘यो बङ्गालको अगणतान्त्रिक कामको उदाहरण हो। उनलाई विनाशर्त मुक्त गरिनुपर्छ। भोलि कुनै अशान्ति भए त्यसको जिम्मा लिनुपर्छ।’


सिलगडी, 29 मई


आफ्नो पार्टीका प्रवक्ता बीपी बजगाईँलाई पक्राउ गरेपछि गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले खबरम्यागजिनलाई भोइज विज्ञप्ति जारी गर्दै आफ्ना नेचृत्व समूह र बीपी बजगाईँलाई फसाउने षडयन्त्र भइरहेको बताएका छन्।

‘बीपी बजगाईँ कसैलाई चोट पुऱ्याउने व्यक्तित्व भएका नेता होइनन्। सबै कुरा बुझेर जनताको निम्ति काम गर्ने बजगाईँले कहिल्यै पनि जनतामा उत्तेजना फैलाउने काम गरेका छैनन्,’ गुरुङले भनेका छन्, ‘पहाड, तराई र डुवर्सका जनताका सङ्घर्षलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्न बजगाईँलाई प्रवक्ता बनाएका हौं। तर बङ्गालले उनीजस्ता बौद्धिक नेतालाईसमेत फँसाउने काम गरिरहेको छ।’

गुरुङले भनेअनुसार दार्जीलिङ नगरपालिकका सबै पार्षदहरू एक भएका छन्। यसैलाई सहन गर्न नसकेर पुलिस प्रशासनले यसप्रकारको कदम चालेको हो।  ‘पुलिसले फर्जी मुद्दा लगाएर, दवाब दिएर पक्राउ गरेको हो। बजगाईँ र टिमलाई नै फँसाउने काम गरिएको छ,’ गुरुङले भनेका छन्, ‘यो बङ्गालको अगणतान्त्रिक कामको उदाहरण हो। उनलाई विनाशर्त मुक्त गरिनुपर्छ। भोलि कुनै अशान्ति भए त्यसको जिम्मा लिनुपर्छ।’

बीपी बजगाईँहरूले नगरपालिका अध्यक्षलाई हातापाई गरेको आरोपसमेत झुटो रहेको भन्दै गुरुङले यसरी नेताहरूलाई फँसाउने काम भइरहेको कुरालाई जनताले बुझ्नुपर्ने बताएका छन्।

‘बङ्गालको अत्याचार र अत्याधिक अगणतान्त्रिक राजनीतिले सिमा नाघिसक्यो,’  उनले भनेका छन्, ‘अब केहीदिन धैर्य गर्नुपर्छ। बङ्गालमा तानासाह राजनीति ध्वस्त हुनेछ। हामी पर्खिरहेका छौं।’

गुरुङले आफूहरू सरकारद्वारा षडयन्त्रपूर्वक थोपिएका सबै मुद्दा विरुद्ध कानूनीरूपले लड्ने बताउँदै पुलिसी दमनको भर्तसना जनाएका छन्।

‘जनतालाई नडराउने र शान्ति कायम गरिदिने अपिल गर्छु,’ उनले भनेका छन्, ‘सबैलाई अन्यायको विरोधमा बोलिदिने अपिल गर्छु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया