दार्जीलिङमा डेमोक्रेसी होइन पुलिसक्रेसी चलिरहेको छ, अशान्ति भए त्यसको जिम्मा पुलिसले लिनुपर्छ- निरज जिम्बा

‘बजगाईँलाई पक्रिनु नै थियो भने अघिबाट नै पक्रिनु पर्नेथियो तर संविधानलाई सम्मान गरेर काम गरिरहेको बेला नै पक्राउ गर्नु नितान्तै षडयन्त्रपूर्ण अभ्यास हो,’ उनले भनेका छन्, ‘जुन मुद्दामा बजगाईँलाई पक्राउ गरिएको छ, त्यही मुद्दा मलाई पनि लागेको छ। हामीले कानूनलाई सम्मान गर्दै बेल लिने कोसिस गरिरहेका छौं। जनाधार भएको पार्टीको प्रवक्तालाई नै पक्राउ गर्दा पहाडमा अशान्ति फैलिन सक्छ। पर्यटनको मौसम चलिरहेको बेला पुलिसले असान्ति सिर्जना हुने किसिमले बजगाईँको पक्राउ गरेको छ।’


सिलगढी, 29 मई


दार्जीलिङका विधायक निरज जिम्बाले गोर्खा जनमुक्ति मोर्चाका प्रवक्ता बीपी बजगाईँको पक्राउलाई दार्जीलिङमा पुलिसको अशान्ति गर्ने अभ्यासकोरूपमा अर्थ्याएका छन्। उनले दार्जीलिङमा गणतन्त्रको धज्जिया उडिरहेकोसमेत बताएका छन्।

‘पुलिसको यस्तो वृत्तिप्रति म भर्त्सना जनाउँछु। शान्तिपूर्ण र प्रोटोकलअनुसार नै  हस्ताक्षर गर्ने पार्षदहरू लिएर नगराध्यक्षलाई अविश्वास मतको लागि प्रस्ताव चढाउनु असम्बैधानिक काम होइन,’ उनले भनेका छन्, ‘तर ममता व्यानर्जीको राजनीतिमा अगणतान्त्रिक अभ्यास छ। पुलिसलाई हतियार बनाएर विशेष व्यक्तिहरूलाई छानीछानी  यातना दिने काम गरिरहेको छ। सांसद राजु विष्ट र म मिलेर यसबारे गर्नुपर्ने पहल गर्नेछौं।’

उनले यसप्रकारको दमन विरुद्ध आफूहरूले प्रशासनिक, राजनैतिक, कानूनीरूपले नै काम गर्ने भन्दै पुलिसको षडयन्त्रपूर्ण अत्याचार गर्ने अभ्यास बन्द गर्नुपर्ने जनाएका छन्।

‘बजगाईँलाई पक्रिनु नै थियो भने अघिबाट नै पक्रिनु पर्नेथियो तर संविधानलाई सम्मान गरेर काम गरिरहेको बेला नै पक्राउ गर्नु नितान्तै षडयन्त्रपूर्ण अभ्यास हो,’ उनले भनेका छन्, ‘जुन मुद्दामा बजगाईँलाई पक्राउ गरिएको छ, त्यही मुद्दा मलाई पनि लागेको छ। हामीले कानूनलाई सम्मान गर्दै बेल लिने कोसिस गरिरहेका छौं। जनाधार भएको पार्टीको प्रवक्तालाई नै पक्राउ गर्दा पहाडमा अशान्ति फैलिन सक्छ। पर्यटनको मौसम चलिरहेको बेला पुलिसले असान्ति सिर्जना हुने किसिमले बजगाईँको पक्राउ गरेको छ।’

उनले अशान्ति सिर्जना भएमा पुलिस र प्रशासन दायी हुनुपर्ने जनाएका छन्। ‘पहाडमा डेमोक्रेसी होइन पुलिसक्रेसी चलिरहेको छ,’ उनले भनेका छन्, ‘पहाडको शान्ति, राजस्व र पर्यटनसमेतमा यसले धक्का पुऱ्याउनेछ। यसकारण प्रशासनले समझदारीपूर्ण काम गरेर बजगाईँलाई विनाशर्त रिहाई गर्नुपर्छ। बजगाईँ कुनै अपराधी होइनन्। उनी बौद्धिक, लेखक, पत्रकार र मानिसका राजनीतिज्ञ हुन्। सरकारले यसलाई ध्यानमा राखेर काम गरोस्। हामीले दिल्लीबाट हेरिरहेका छौं। पहाडमा कुनै गडबढी भएमा त्यसको दायी बङ्गाल सरकार हुनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया