भावुक बनाउने ट्रेलर : सम्बन्धको उतार चढाउको कथा भन्ने ‘आप्पा’

ट्रेलरले नै निक्कै भावुक बनाउँछ। बाबुछोराबीचको सम्बन्धको कथा भन्ने ‘आप्पा’-को ट्रेलरको सन्दर्भ हो यो। ल्याण्डरोभर चलाउने ‘आप्पा’को गाडी दुर्घटना हुन्छ। जहाँ बङ्गाली पर्यटकहरू चढेका हुन्छन्। ‘आप्पा’-ले कुनै बङ्गालीको नानी पाल्छ। जसले बढेर ‘आप्पा’-लाई आफ्नो ‘आप्पा’ नभनेको र आरोप लगाएको दृष्य छ। ठ्याक्कै यति कुराले पनि कथा के होला भन्ने जिज्ञासा भने बढाएको छ। त्यही जिज्ञासा उत्पन्न गराउने ट्रेलरै निक्कै मन छुने छ।

बाबु छोराको सम्बन्ध जसलाई चलचित्र ‘आप्पा’मा देखाउन खोजिएको हो कि भन्ने ट्रेलरले बताएको छ।  दयाहाङ राई अभिनित चलचित्र ‘आप्पा’मा दयाहाङ सहित सिद्धार्थ राज तामाङ, अलोना कबो लेप्चा, तुलसी घिमिरे, अरुना कार्की लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई अनमोल गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । दयाहाङ ट्याक्सी चालकको रुपमा देखिएको चलचित्रमा बाबु छोराको सम्बन्धलाई देखाउन खोजिएको छ । आफ्ना यात्रुलाई गन्तव्यतिर लैजाँदै गर्दा बाटोमा दुर्घटना भएपछि उनीहरूको सन्तान आफैले पालेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । विर्खेको भूमिकामा देखिएका दयाहाङले छोरालाई आफ्नो भन्दा राम्रो भविष्य दिनका लागि संघर्ष गरेको ट्रेलरमा देखाइएको छ । चलचित्रकाे ट्रेलरमा दयाहाङ साेझाे बाबुकाे भूमिकामा देखिएका छन् ।

माउन्टेन स्टोरिज इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रलाई रुदेन सादा लेप्चाले निर्माण गरेका हुन् । चलचित्र असार १३ देखि प्रदर्शनमा आउँदैछ । यसअघि भने चलचित्रको प्रदर्शन मिति जेठ २४ बताइएको थियो । ‘आप्पा’ सिद्धार्थ र अलोनाको पहिलो चलचित्र हो ।

हेर्नुहाेस् ट्रेलरः

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया