मुकुल रोयसित भयो टेलिफोनमा कुरा : राजेन मुखिया भाजपामा जाने सम्भावना

सिलगढी, 30 मई


शारदा राई सुब्बाको मन्तव्य यथार्थमा बलद्लिएको छ। विधानसभा उपचुनाउमा उठेकी सुब्बाले भनेकी थिइन्, ‘विनय तामाङहरू हिंसाका कारक हुन्, उनीहरूलाई जनताले मन पराउँदैनन्। उनीहरूलाई जनताले भोट दिने छैनन्।’

तृणमूल काङ्ग्रेसमा नै विद्रोह गरेकी सुब्बाको भविष्यवाणी पूरा भए पनि उनलाई 6 वर्षको निम्ति तृणमूल काङ्ग्रेसबाट निकालियो। चुनाउको परिणामपछि विस्तारै पहाडका नेताहरूले तृणमूल लत्याउन शुरु गरेका छन्। यसैबीच तृणमूलका नेता राजेन मुखिया भाजपामा सामेल बन्ने सम्भावना चुलिएको छ।

सूत्रअनुसार मुखियाले भाजपा नेता मुकुल रायसित टेलिफोनमा कुरा गरिसकेका छन्। यसैले मुखिया भाजपामा जाने अनुमान गरिएको छ।  मुखिया हिल तृणमूल काङ्ग्रेसका संयोजक थिए।  2014 मा उनलाई हिल तृणमूलको अध्यक्ष बनाइएको थियो। पहाडमा तृणमूल बलियो बनाउनमा उनको ठूलो योगदान छ। तर पार्टीमा उनको कुनै कदर भएन।

मुखियाले नै एलबी राईलाई तृणमूलमा तानेका हुन्। राईलाई 2017 को नगरपालिका चुनाउमा जिताउनमा पनि मुखिया कै हात थियो। तर 2017 मा मुखियालाई अध्यक्ष पदबाट हटाइयो। अहिले  एलबी राईलाई हिल तृणमूलको अध्यक्ष बनाइको छ।

तृणमूलले पहाडका आफ्ना नेताहरूलाई केवल दुरुपयोग मात्र गरेको देखिएपछि मुखियाले अहिले भाजपामा जाने मन बनाएको बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया