आशा भोसलेले यसरी मनपराइन् स्मृति

एजेन्सी


एउटै घटनाबाट मानिसको प्रवृति राम्रो हो कि नराम्रो हो, जाँच्न सक्ने कुरा हो होइन, त्यो बहसको कुरा हो। तर चर्चित गायिका आशा भोसलेले भने स्मृति इरानीलाई मन पराइन्।

स्मृति इरानी उनै हुन्, जसले गान्धीसाम्राज्य ध्वस्त बनाइन्। राहुलको किल्ला खोसिन्। उनी हिजो शपथ ग्रहण गर्दै थिइन्।

निम्तालुमध्ये एक थिइन् भारतकी चर्चित गायिका आशा भोसले पनि। शपथग्रहण समारोहसँगै उनी जब बाहिर निस्किन खोजिन्, भीडमा अड्किइन्। भीड यस्तो थियो, कि त्यसले न त कलाकार चिन्थ्यो न त नेता। भीडले त भीडसमेतलाई चिन्दैन, भोसलेलाई के चिन्थ्यो र।

तर कसोकसो मन्त्री स्मृति इरानीको आखामा भोसले परिन्। र सहयोगको लागि उठिन्। इरानीले भोसलेलाई भीडबाट बाहिर निकाल्नेमात्र होइन, घरसम्म उनको यात्रा सहज र सुरक्षित बनाइन्।

भोसलेले पनि यसका लागि इरानीप्रति आभार व्यक्त गर्दै ट्विटमा लेखेकी छन्, ‘म शपथ ग्रहणको भीडमा फसेकी थिएँ। कसैले वास्ता नगरेको बेला स्मृति इरानीले मलाई मद्दत गरिन्। मेरो घरसम्मको यात्रा सहज र सुरक्षित बनाइन्। उनी सहयोगी छन्, त्यसैले चुनाव जितिन्।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया