मन दुखाउँदै स्वयम् अघि आइन् अक्षितकी आमा छोरालाई जिताउन

उल्लेखनीय छ, आर्थिक रुपले कमजोर परिवारका प्रतिभावान् सुपुत्र अक्षित भण्डारीका पिता रिक्सा चलाएर गुजारा गर्छन् भने उनकी माता अर्काको परिवारमा घरेलु महिलाकी रुपमा चाकरी गरेर जीविका सञ्चालन गर्दै आफ्नो छोरा-छोरीको पालन पोषण गर्छन्। मूल रुपमा देहरादुननिवासी अक्षित भण्डारी आफ्नो अपूर्व नृत्यप्रतिभाको जादु प्रदर्शन गर्दै आज भारतको सबैभन्दा लोकप्रिय रियलिटी शो सुपर डांसरको नवौँ स्थानमा सुरक्षित रहे तापनि ग्रान्ड फिनालेसम्म पुग्न पनि उनलाई भनेजस्तो भेट नपाइरहेको कारण धौधौ परिरहेको छ।


विकास दूतराज, मुम्बई, 31 मई


टेलिभिजनको रियलिटी शो कार्यक्रम सुपर डांसरको तेस्रो प्रकरणअन्तर्गत सम्पन्न भइरहेको सोनी लेटिभिजनको लोकप्रिय कार्यक्रममा आफ्नो नाचको जादु प्रस्तुत गरेर नवौँ स्थानसम्म आफ्नो अवस्थान पुऱ्याइसकेको गोर्खे छोरो अक्षित भण्डारीले भनेजस्तो सहयोग नपाइरहेको गुनासो गरेकी छिन् उनकी आमा पार्वती भण्डारीले।

आर्थिक अवस्था दुर्बल भएको परिवारबाट हुर्केको कारण प्रचार-प्रसार माध्यमअन्तर्गत भनेजस्तो अभियान सञ्चालन गर्न नसकेको बताउँदै यसका साथै उनलाई यो मुम्बईजस्तो महानगरीमा सहयोग पुऱ्याउने हातहरू खुबै कम रहेको कारण आफ्नो छोरा अक्षित भण्डारीले प्रतिभा हुँदाहुँदै पनि मोबाइलबाट पाउनुपर्ने भोटको कारण धेरै कठिनाइ झेल्नुपरिरहेकोमा उनले दुक्ख पोखेकी छिन्।

आफु नेपालीभाषीबहुल क्षेत्रदेखि धेरै टाढ़ा देहरादुनमा जन्मेर हुर्केको कारण मूलस्रोतको नेपाली-गोर्खा जातीय धारासित धुलमिल नभएको कारण भारत अनि नेपालव्यापीरुपमा सम्पर्क साँच्न असक्षम बनेको अनि आर्थिक दुर्बलता र शिक्षाको कमीको कारण आफुमा कुनै अनुभव र ज्ञान नभएको कारण पनि प्रचार-प्रसारमा उग्र गतिमा अघि आउन नसकिरहेको उनले बताउँदै यद्यपि मुम्बईको बसिबियाँलो परिवारले यस दिशामा आफुले सक्ने मद्दत गरिरहेको जनाएकी छिन्।

उल्लेखनीय छ, आर्थिक रुपले कमजोर परिवारका प्रतिभावान् सुपुत्र अक्षित भण्डारीका पिता रिक्सा चलाएर गुजारा गर्छन् भने उनकी माता अर्काको परिवारमा घरेलु महिलाकी रुपमा चाकरी गरेर जीविका सञ्चालन गर्दै आफ्नो छोरा-छोरीको पालन पोषण गर्छन्। मूल रुपमा देहरादुननिवासी अक्षित भण्डारी आफ्नो अपूर्व नृत्यप्रतिभाको जादु प्रदर्शन गर्दै आज भारतको सबैभन्दा लोकप्रिय रियलिटी शो सुपर डांसरको नवौँ स्थानमा सुरक्षित रहे तापनि ग्रान्ड फिनालेसम्म पुग्न पनि उनलाई भनेजस्तो भेट नपाइरहेको कारण धौधौ परिरहेको छ।

प्रचार-प्रसारमा पछौटे रहनुपरेको कारण उनलाई आजसम्म नेपालीभाषी समाचारमाध्यमहरूले सम्पर्क नगरेकोमा पनि दुक्ख व्यक्त गर्छिन्। यद्यपि कतिपय संवादताताहरूले भने गान्तोक र दार्जीलिङबाट भर्खरैदेखि फोनबाट जानकारी लिइरहेकोमा उनले हार्दिक धन्यबाद प्रकट गर्दै कलाप्रेमी नेपालीभाषी गोर्खाहरू सबैलाई उनका सुपुत्र अक्षितलाई मनग्गे भोट गरेर सहयोग गरिदिने अपिल गरेकी छिन्। प्रत्येक शनिबार अनि आइतबार सोनी टिभीबाट बेलुकी आठ बजीदेखि प्रस्तुत हुने उक्त रियलिटी शो कार्यक्रममा अक्षितको नाच हेरेर राती आठ बजीदेखि बाह्र बजीभित्र सोनी लिभ एप्समार्फत् एउटा सिमबाट पचासपल्टसम्म भोट गर्नसकिने उनले बताएकी छिन्।

हिन्दी सिने जगतकी सुप्रसिद्ध अभिनेत्री रेखा विशेष अतिथि रहेको कार्यक्रममा अक्षितले खुबै अभूतपूर्व ढङ्गमा नाच प्रस्तुत गरिसकेपछि अब हिमेश रेशमइयाको उपस्थितिमा अक्षितले नाच देखाउने प्रकरण प्रस्तुत हुने जानकारी दिँदै उनले आगामी शनिबार वा आइतबार कुनै पनि दिन प्रस्तुत हुने नयाँ प्रकरणको समयमा आफ्ना छोरा अक्षितलाई प्रचुर मात्रामा भोट गरेर सहयोग गरिदिने सबै कलाप्रेमी नेपालीभाषी गोर्खाहरूलाई अनुरोध गरेकी छिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया