नकावधारी विनयका गुण्डाहरूलाई पुलिसले पक्राउ गर्नुपर्छ : विमल गुरुङ भिडियोसहित)

‘पहाडमा जनता र दलहरूले गणतान्त्रिक काम गर्दा पनि पुलिस लगेर आतङ्क मच्याउने काम हुँदैछ। हिजो पार्षद नमन राईको घरमा धम्की दिन, हतियार बोकाएर पुलिससितै आलोक कान्त मणि थुलुङ,  नगेन्द्र प्रधान, काइँलाजस्ता विनय र अनितले घरघरमा पठाएको छ,’ गुरुङले भनेका छन्, ‘पुलिसले विनय त अनितका गुण्डाहरूलाई पक्राउ गर्नुपर्छ। बङ्गालमा अब ममता व्यानर्जीको शासन लामो जाँदैन। सरकार गएपछि पुलिसले गरेको अत्याचारको न्याय हुनेछ।’


सिलगढी, 1 जुन


गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले पुलिस साथै लिएर दार्जीलिङका नगरपार्षद नमन राईलाई खोज्दै  जाने नकावधारीहरूलाई पक्राउ गर्नुपर्ने माग गरेका छन्। उनले नकावधारीहरूको नामसमेत लिएका छन्।

‘पहाडमा जनता र दलहरूले गणतान्त्रिक काम गर्दा पनि पुलिस लगेर आतङ्क मच्याउने काम हुँदैछ। हिजो पार्षद नमन राईको घरमा धम्की दिन, हतियार बोकाएर पुलिससितै आलोक कान्त मणि थुलुङ,  नगेन्द्र प्रधान, काइँलाजस्ता विनय र अनितले घरघरमा पठाएको छ,’ गुरुङले भनेका छन्, ‘पुलिसले विनय त अनितका गुण्डाहरूलाई पक्राउ गर्नुपर्छ। बङ्गालमा अब ममता व्यानर्जीको शासन लामो जाँदैन। सरकार गएपछि पुलिसले गरेको अत्याचारको न्याय हुनेछ।’

गुरुङले दार्जीलिङको परिस्थिति जटिल बनिरहेको जनाएका छन्। उनले खुलेआम नकापधारीहरू घरघर पसिरहेको, साधारण जनतामा भय उत्पन्न गरिरहेको जनाएका छन्। ‘पुलिस लगाएर अनित र विनयको खेमाले तान्डव मच्चाउने काम गरिरहेको छ। चुनाउ जित्नमा दार्जीलिङ, तराई डुवर्सको मात्र होइन विश्वभरिका गोर्खाहरूको सहयोग छ। तर हार स्वीकार गर्न नसक्नेहरू, माटो बेच्ने गद्दार विनय र अनितहरूले स्वार्थको राजनीति गरिरहेका छन्,’ गुरुङले भनेका छन्, ‘पैसाको शक्तिमा राजनीति गर्नेहरूले ताण्डव मच्चाउँदैछ। पार्षदहरूको घरमा पुगेर अत्याचार गरिरहेको छ, पुलिसले पनि उनीहरूलाई सहयोग गरिरहेको छ। यसको हामी घोर भर्त्सना गर्छौं।’

गुरुङले बङ्गाल र विनयहरूको यस्तो अत्याचारको विरुद्धमा नै आफूहरू लडिरहेको र स्वाधिनताको यतिका दिनसम्म पनि लक्ष्यमा पुग्न नसक्नु पनि बङ्गालको तानाशाह नै रहेको पनि उनले जनाएका छन्।

‘दार्जीलिङमा पुलिसले अशान्ति गर्न उक्साइरहको छ। गुण्डाहरूलाई प्रोत्साहित गरिरहेको छ,’ उनले भनेका छन्, ‘भोलि कुनै अशान्ति भएमा यसको दायी पुलिस नै हुनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया