जेबी तामाङले मन्तव्य पोखे होलान्, तर… : निरज जिम्बा

सिलगढी, 1 जुन


जेबी तामाङको मन्तव्य भाइरल बनेपछि विमल गुरुङले त्यसको प्रतिक्रिया दिएका छन्। यता भाजपाका विधायक निरज जिम्बाले पनि यसबारे आफ्नो प्रतिक्रिया दिँदै दलीय गठबन्धनको धर्म पालन गर्ने बताएका छन्.

‘जेबी तामाङ को वक्तव्य लिएर जे पनि गुनासो भइरहेछ त्यो खेदको विषय हो। उनले कुनै सभामा आफ्नो मन्तव्य पोखे होलान् तर..’ जिम्बाले भनेका छन्, ‘गठबन्धनको धर्म हामी पालन गर्नेनै छौं।’

जिम्बाले पनि के पनि स्पष्टिकरण दिएका छन् भने  नगरपालिकाका बोर्ड गठन हुँदा गोजमुमो(पहिलो) नै थियो, त्यतिखेर गोरामुमोले गोजमुमोसित गठबन्धन गरेकै थिएन।

‘समाजका दलालहरू र असामाजिक तत्वहरूलाई निमिट्यान्न पारेर हाम्रो जातीय एकता कायम राख्न बङ्गाललाई चुनौति दिन तयार भएका यो गठबन्धन् बरकरार रहनेछ,’ जिम्बाले भनेका छन्, ‘गठबन्धनले ताकेको दुइटै लक्ष्य छ अनि त्यो पूर्ण नभइन्जेल हामी साथ रहनुपर्छ भन्ने बोध हामीलाई छ तर कुनै पनि ठूला -ठूला निर्णय लिनुपऱ्यो भने सहयोगी दलहरूले आपस्तमै मिलेर लियो भने गठबन्धनमा कहिले वाधा उत्पन्न हुनेछैन भन्ने हामी गोर्खा राष्ट्रिय मुक्तिका पक्षधरहरूले विश्वास राख्दछौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया