हाम्रा युवाहरूले फ्रस्टेसनमा आएर त्यसो गरेको हुनसक्छ, तर म सम्झाउँछु : अनित थापा

‘हाम्रा युवा भाइहरूले फ्रस्टेसनमा आएर यस्तो गरेको हुनसक्छ, म युवाहरूलाई बुझाउँछु। सबै दलले पनि युवाहरूलाई सम्झाउन्। सबै मिलेर स्वच्छ दार्जीलिङ बनाऔं,’ अनित थापाले एक पत्रकार सम्मेलनमा आज यसो भने, ‘म पनि देख्दैछु, दार्जीलिङमा त्रासको माहौल छ। अब गुण्डाइज्म चल्दैन। यस्तैको विरोधमा हामी आएका हौं। सबैभन्दा पहिले दार्जीलिङलाई शान्ति चाहिन्छ, त्यसपछि मात्र गोर्खाल्याण्डको कुरा आउँछ।’


दार्जीलिङ, 1 जुन


नगरपार्षद नमन राई खोज्दै पुलिसलाई पछिपछि राखेर हातहतियार बोकेका नकावधारीहरूको कर्तुत जनताले आफै निडरसित अघि आएर खुलासा गरिदिएपछि गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले ‘पुलिसले विनय तामाङ र अनित थापाका गुण्डाहरूलाई शीघ्र पक्राउ गर्नुपर्छ’ भनेका थिए।

जिटिए प्रमुख अनित थापाले यसै विषयमा प्रतिक्रिया दिएका छन्। ‘हाम्रा युवा भाइहरूले फ्रस्टेसनमा आएर यस्तो गरेको हुनसक्छ, म युवाहरूलाई बुझाउँछु। सबै दलले पनि युवाहरूलाई सम्झाउन्। सबै मिलेर स्वच्छ दार्जीलिङ बनाऔं,’ अनित थापाले एक पत्रकार सम्मेलनमा आज यसो भने, ‘म पनि देख्दैछु, दार्जीलिङमा त्रासको माहौल छ। अब गुण्डाइज्म चल्दैन। यस्तैको विरोधमा हामी आएका हौं। सबैभन्दा पहिले दार्जीलिङलाई शान्ति चाहिन्छ, त्यसपछि मात्र गोर्खाल्याण्डको कुरा आउँछ।’

उनले पनि दार्जीलिङ पुलिससितै हातहतियार बोकेका नकावधारीहरूको कृत्यको भर्त्सना जनाए। आफूहरू ‘हाम्रो दार्जीलिङ राम्रो दार्जीलिङ बनाउन’ निस्केको र धेरै दुःख गरेर ल्याएको शान्ति भङ्ग नगरिदिने अनुरोध पनि गरे।

‘म हाम्रा दलका युवाहरूलाई पनि आह्वान गर्छु दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङ शान्ति राखिदिनुहोस्। यो शान्ति धेरै दुःख गरेर ल्याएका हौं। 2017 को गलत तरिकाको आन्दोलनको विरोध गरेर ल्याएका हौं,’ उनले भने, ‘दार्जीलिङमा जुन स्थिति देखेको छु, एकप्रकारको त्रासको माहौल भइरहेको छ। यसको म विरोध गर्छु। उनीहरूलाई पुलिसले कडा कार्वाही गर्नुपर्छ।’

दार्जीलिङमा जुनै घटना भएपनि आफूहरूलाई नै आरोप लाग्ने कुराको वास्तविकता आफूले नबुझेको भन्दै सबै राजनैतिक दललाई पनि पहाड शान्त राखिदिने अनुरोध गरे।

‘ हामी सबै विभिन्न दलको भए पनि आखिर गोर्खा हौं। अब एकार्कालाई प्रोभोक गर्ने काम नगरौं। गुन्डाइज्म, राउडज्म बन्द हुनुपर्छ। यही सिस्टमको विरोध गर्न हामी निस्किएका हौं। अहिले दार्जीलिङलाई अशान्ति बनाएर बाहिर बसेकाहरूले हामीलाई लाञ्छना लगाइरहेका छन्। को आउँदा दार्जीलिङमा अशान्ति हुन्छ, को नआउँदा दार्जीलिङमा शान्ति हुन्छ, जनतालाई थाहा छ। किन भने जनता सचेत छन्। म जनतालाई पनि नडराइदिने अनुरोध गर्छु,’ उनले भने।

थापाले अहिले आफू साङ्गाठानिक काममा व्यस्त रहेको र त्यो सकेर मात्र जिटिएमा जाने बताए।

‘अहिले दार्जीलिङलाई शान्तिको खाँचो छ। त्यसको लागि काम गर्नु छ,’ उनले भने, ‘मरो लागि जिटिएभन्दा इम्पोर्टेन्ट अहिले दार्जीलिङ हो। सिस्टम भएर के गर्नु दार्जीलिङ नै रहेन भने।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया