चिटफण्डमा डुबेको पैसा फिर्ता पाउनसक्ने दावीः सेबीले फारम बुझाउन कार्यालय खोल्नुपर्छ-तारा सुन्दास

कालेबुङ, 4 जुन


विभिन्न चिटफण्ड कम्पनीमा डुबेको पैसा चाँडै फिर्ता पाउने सम्भावना बढेर गएको हिल इनभेस्टर एण्ड एजेन्ट सेक्युरिटी वेल्फेयर एसोसिएसनले दावी गरेको छ। एसोसिएनसका पक्षमा तारा सुन्दासले यस्ता दावी गरेका हुन्। उनले भने अनुसार 8 जुनदेखि लगानीकर्ताहरूको पैसा फिर्ता दिलाउन सेबी(सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ् इण्डिया) ले 15 जनालाई लिएर पालयट प्रोजेक्ट शुरू गरिरहको छ। सेबीले अहिले लगानीकर्ताहरूको फारम पनि स्वीकार गर्न शुरू गरेको छ। यसैले उनले दार्जीलिङ पहाडमा पनि जिल्लास्तरीय रूपमा सेबीले फारम लिने कार्यालय खोल्नुपर्ने माग गरेका छन्।

शारदा, रोजभेल्ली, बसिल, प्रयाग जस्ता दर्जनौँ कम्पनीहरूको पैसा फिर्ता पाउने अवस्था बनिररहेको कारण लागानीकर्ताहरूले आफ्नो कागजपत्र बुझाउन सेबीले जिल्लास्तरमै कार्यालय खोल्नुर्ने सङ्गठनको माग रहेको सुन्दासले बताएका छन्।

सबै चिटफण्ड कम्पनीको जफत गरिएको सम्पती एसेट डिस्पोजल कम्पनी (युनाइडेट व्याङ्क)मा जमा रहेको अनि पैसा फिर्ता गर्ने प्रक्रिया अघि बढिरहेको सुन्दासले जानकारी दिएका छन्

रोजभेल्लीको पैसा फिर्ता पाउनका निम्ति एजेन्टहरूमार्फत नै आवेदन गर्नुपर्ने अनि अन्यका निम्ति सोझै सेबीको वेबसाइटमा गएर पनि आवेदन गर्नसक्ने सुन्दासले बताए। ‘यसपालि हामीले पैसा फिर्ता पाउने अवस्थामा पुऱ्याइदिएका छौँ’-सुन्दासले भने, ‘यो हाम्रो जीत हो।’
उनले फिनोमिनल हेल्थ कियर, आशा गोल फार्मिङ, टिना फाइनेन्स अनि एटीएम ग्रुपविरूध पनि मुद्दा दर्ता गरेर लगानीकर्ताहरूलाई न्याय दिलाउने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया