गोले राजमा  ‘ओइ चोर चामलिङ’

सदनको सोही दृष्य सोसल मिडियामा एकाएक भाइरल बन्यो। मानिसहरूले सोसल मिडियामा लेखेका छन्, ‘यो चरित्र बोकेर गोलेले सिक्किमलाई कहाँसम्म लैजाने होला?’ जुन ठाउबाट ‘ओइ चामलिङ चोर’ भन्ने आवाज आइरहेको थियो, त्यो सदनको ग्यालेरी हो। जहाँ बसेका कसैलाई पनि केही बोल्ने अधिकार हुँदैन। विधानसभाभित्र विधायकहरूको मात्र बोल्ने अधिकार हुन्छ। ग्यालेरीमा बसेका पत्रकार हुन् वा अन्य कोही व्यक्ति हुन् कसैले बोल्न पाउँदैनन्। ‘गोले राजमा सबै सम्भव छ,’ सोसल मिडियामा मानिसहरूले गोले संस्कारबारे टिप्पणी गरेका छन्, ‘सिक्किममा साँच्ची नै परिवर्तन आइसकेछ।’


सिक्किम, 4 जुन


पवनकुमार चामलिङको 25 वर्षे सरकार ढालेर परिवर्तनको नारालाई विकासको एजेण्डामा हालिसकेको एसकेएम पार्टीले व्यवहारिकरूप देखाउन शुरु गरेको छ। सिक्किमको इतिहासमा यस्तो घटना घट्यो, जसलाई मानिसहरूले गोलेको ‘परिवर्तन’ वैचारिकीको शुरुवात मानेका छन्।

एसडीएफका प्रमुख पवन चामलिङको कुरा स्पष्ट थियो, ‘भ्रष्टाचारका मामिलामा अपराध ठहर भएका व्यक्ति जबसम्म सदनमा रहन्छन्, विधानसभा सदन वहिष्कार गरिनेछ।’

चामलिङको आशय हो मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) भ्रष्टाचार मामिलाका दोषी हुन्। मुख्यमन्त्रीजस्तो पदमा यस्ता दागी मानिस हुने हो भने सिक्किमले राम्रो संस्कार पाउँदैन।

‘पीएस गोले भ्रष्टाचारको मामिलामा दोषी ठहर भएर जेल सजाय भोगिसकेका व्यक्ति हुन्,’ चामलिङको कुरा छ, ‘2001 मा तमिलनाडुमा एआईएडीएमकेकी नेतृ जयललिता विधायक दलको नेता चुनिँदा पनि सर्वोच्च न्यायालयमा भएको एउटा मुद्दाले उनलाई मुख्यमन्त्री बन्न दिएको थिएन। भ्रष्टाचारको मामिलामा दोषी व्यक्तिलाई मुख्यमन्त्रीको चौकीमा बस्ने कुनै नैतिक अधिकार हुँदैन।’

देशमा कानूनलाई सम्मान गरिन्छ, तर गोले छन् कि मुख्यमन्त्रीको कुर्सीमा बस्नलाई कानूनसमेत मिच्छन्। चामलिङअनुसार पीएस गोले दोषी व्यक्ति हुँदाहुँदै पनि उनलाई सदनका नेता चुनिएको छ। यो सरासर सर्वोच्च न्यायालयको अवमानना हो। देशको संविधानको पनि विरोध हो। यस्तो अवैधानिक रूपमा मुख्यमन्त्री भएको सदनमा बस्ने एसडीएफ पार्टीको नैतिकताले दिँदैन।

‘त्यसैले हामी पीएस गोले सदनका नेता भएसम्म विधानसभा प्रवेश गर्नेछैनौं,’  पवन चामलिङ भन्छन्।

जस्तो चामलिङ नेतृत्वमा एसडीएफ विधायक दलले विधानसभा वकआउट गऱ्यो, विधानसभाको दर्शकदिर्घामा बस्ने केही एसकेएम पार्टी समर्थकहरूले पवन चामलिङलाई ‘ओइ चामलिङ चोर’ भन्न शुरु गरे। एकै क्षणमा गोले संस्कार विश्वले सोसल मिडियामार्फत देख्यो।

मानौं कि एसकेएमका समर्थकहरू सदनमा होइन, जङ्गलमा छन्। चामलिङ निस्किरहेका थिए. एसकेएमका समर्थकहरू गाली बर्साइरहेकै थिए। यही दृष्य गोले परिवर्तनको पहिलो दृश्य बनेको छ।

सदनको सोही दृष्य सोसल मिडियामा एकाएक भाइरल बन्यो। मानिसहरूले सोसल मिडियामा लेखेका छन्, ‘यो चरित्र बोकेर गोलेले सिक्किमलाई कहाँसम्म लैजाने होला?’

जुन ठाउबाट ‘ओइ चामलिङ चोर’ भन्ने आवाज आइरहेको थियो, त्यो सदनको ग्यालेरी हो। जहाँ बसेका कसैलाई पनि केही बोल्ने अधिकार हुँदैन। विधानसभाभित्र विधायकहरूको मात्र बोल्ने अधिकार हुन्छ। ग्यालेरीमा बसेका पत्रकार हुन् वा अन्य कोही व्यक्ति हुन् कसैले बोल्न पाउँदैनन्।

‘गोले राजमा सबै सम्भव छ,’ सोसल मिडियामा मानिसहरूले गोले संस्कारबारे टिप्पणी गरेका छन्, ‘सिक्किममा साँच्ची नै परिवर्तन आइसकेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया