धुमधामसित ईद 

कालेबुङ, 5 जुन


 ईद पर्व आज कालेबुङमा पनि धुमधामसित पालन गरियो। यहाँको ठाकुरबारीमा अवस्थित जमा मस्जिदमा बिहानैदेखि मुस्मिल समुदायका मानिसहरूले भेला भएर रमजाम महिनाको समापन गर्दै इद नमाज पठन गरे। इद-उल-फिरतको अवसरमा आज उनीहरूले एकाअर्कालाई अङ्गालो हाल्दै इदको बधाई दिए। यसका अतिरिक्त आर्थिक विपन्न परिवारका मानिसहरूलाई इद पर्व पालन गर्नसकुन् भनि आर्थिक सम्पन्न मानिसहरूले यथाशक्ति आर्थिक सहयोग गरे।

अन्जुमन इस्लामियाका प्रतिनिधिहरू अनुसार इद पर्व इस्लाम धर्ममा इद पर्वको महत्त्व विशेष छ। इद पर्व आउन एक महिनाअघिदेखि नै उनीहरू ब्रत बस्छन्। आज इद पर्वका दिन नमाज पठन गर्दै रमाजन महिनाको समेत समापन हुनेगर्छ। यसदिन वर्षभरि नै जीवन सफल भएकोमा अल्लाहप्रति आभार प्रकट गरिन्छ। इद पर्वका दिन सकरात्मक सोच राख्ने, नराम्रो विचार त्याग्ने अटोट गर्दै खुद्वा, नामाज, कुराण आदि पठन गरिन्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया