20 हजार बिरूवा रोप्ने सङ्कल्प

कालेबुङ, 5 जुन


 कालेबुङको सामाजिक संस्था मणि ट्रस्टले ‘लेट्स सेफ इन्फारोमेन्ट’-पहल अन्तर्गत ‘महिनाव्यापी इन्भाइरोमेन्ट अवारनेस एण्ड कम्युनिटी बेस्ड पाल्नेटन प्रोग्राम’-आरम्भ गरेको छ। यस कार्यक्रम अन्तर्गत कालेबुङ, दार्जीलिङ, सिक्किम, जलपाइगुढी, अलिपुरद्वार अनि कुचबिहार जिल्लाका विभिन्न ठाउँहरूमा एक महिनाभरि बिरूवा रोपण एवं सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ।

आज यहाँको बोङबस्तीमा अवस्थित गणेश उच्च माध्यमिक विद्यालयका विद्यार्थी अनि शिक्षिक-शिक्षिकाहरूसित ‘विश्व पर्यावरण दिवस’-मनाउँदै ट्रस्टले महिनाव्यापी कार्यक्रमको औपचारिक शुरूवात गरेको छ।

आज विश्व पर्यावरण दिवसको अवसर पारेर ट्रस्टले विद्यार्थीहरूलाई पर्यावरण दिवसको औचित्य बुझाउँदै सचेतना प्रदान गरेको थियो। स्कूलका सह-शिक्षक एचके भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्रस्टका अध्यक्ष सुवास मणि सिंह, म्यानेजिङ ट्रस्टी विणा लोहागुण, अरबिन्द प्रधान, महेश दाहाल साथै स्कूलका शिक्षक-शिक्षिकाहरू प्रतीमा दर्नाल, सकिला लामा, नोएल लेप्चा, अनिता बरदेवा, ओबेद सुब्बा, अर्पण रसाईली, डीके रसाईली, सुष्मिता प्रधान, प्रकाश योञ्जन, सुमन प्रधान, योगेश शर्मा, गीता दाहाल, सन्तोष दाहाल अदि उपस्थित थिए। यस अवसरमा विद्यार्थीहरूद्वारा लगभग 5 सय किम्बुका बिरूवा रोपिएको छ।

कार्यक्रमबारे जानकारी दिँदै ट्रस्टका अध्यक्ष सुवास मणि सिंहले भने अनुसार 2016 मा 12 हजार बिरूवा रोप्न ट्रस्ट सफल भएको थियो। 2017 मा आन्दोलनको कारण बिरूवा रोपण कार्यक्रम हुन सकेन। यद्यपि 2017 मा  कालेबुङ, दार्जीलिङ, सिक्किम, जलपाइगुढी, अलिपुरद्वार अनि कुचबिहार जिल्लाको विभिन्न ठाउँहरूमा 15 हजार बिरूवा रोप्न सफल भएको थियो भने यसवर्ष 20 बजार बिरूवा रोप्ने सङ्कल्प रहेको उनले बताए।

‘विशेष गरी हरेक क्षेत्रमा नै आजका युवावर्ग जागरूक हुन जरूरी छ। यसैले उनीहरूलाई जागरूक गराउने उद्देश्यले यो महिनाभरि हामीले विद्यार्थी अनि युवाहरूलाई नै लिएर कार्यक्रम गर्नेछौँ’-सुवास मणि सिंहले भने।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया