साइन्स सेन्टरमा ‘इनोभेसन फेस्टिबल’

कालेबुङ, 5 मई


नेसनल इनोभेसन फाउण्डेसन इण्डिया र साइन्स सेन्टर कालेबुङको संयुक्त आयोजनामा इनोभेसन फेस्टिबल-2019 आरम्भ भएको छ। यहाँको डेलो परिसरमा अवस्थित साइन्स सेन्टरमा आजदेखि सम्पन्न दुईदिने उत्सवमा उत्तर दिनाजपूरबाट सुरज दास, बर्दवानबाट दिगान्तिका बोस, अनि सुदिप बोस पश्चिम सिक्किमबाट विष्णु हाङ लिम्बु, दार्जीलिङबाट राहुल पटेल, अमरजीत शाहनी, अमरेश भारती, अजीत पौल साथै गुवाहाटीबाट भवेष दास अनि लाहर ज्योति दास उपस्थित थिए।

फेस्टिबलमा विभिन्न प्रकारका अवार्डहरू जितिसकेका उत्कृष्ट इनोभेटिभ मोडलहरू प्रदर्शनीमा राखिएको छ।  फेस्टिबल अवधि विद्यार्थीहरूमाझ साइन्स मोडल प्रतियोगिता पनि सम्पन्न हुने भएको छ भने उत्कृष्ट मोडललाई पुरस्कृत गरिने भएको छ।

विभिन्न स्कूलका विद्यार्थीहरूको सहभागिता रहको फेस्टिबलबारे जानकारी दिँदै साइन्स सेन्टरका क्युरेटर डा. बीबी गुरुङले भने अनुसार नानीहरूलाई इनोभेटिल मोडलबारे जनकारी दिनु, यसलाई कुन स्तरसम्म लानसकिन्छ भनेर बुझाउनु साथै इनोभेटिभ मोडललाई कुन विभागहरूद्वारा सहयोग प्रदान गर्नसकिन्छ भनेर जानकारी दिनु नै फेस्टिबलको मूल उद्देश्य रहेको बताए।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया