चुनाउअघि तृणमूलले दिएको वचन पूरा गर्न चाँडै प्रशानिक बैठक गर्ने, विनय तामाङले भने, ‘हाम्रो कर्तव्य र जिम्मेवारी हामी निभाउनेछौँ’

कालेबुङ, 6 जुन: तृणमूल कङ्ग्रेस, गोजमुमो(विनयपक्ष), जीटीए अनि पश्चिम बङ्गाल सरकार अधिनस्थ विभागहरूमाझ चाँडै प्रशासनिक बैठक हुने भएको छ। तृणमूल कङ्ग्रेसले चुनाउमा हारको सामना गर्न परेपनि चुनाउअघि दिएका वचनहरू पूरा गर्न चाँडै प्रशासनिक एवं आधिकारिक बैठक सम्पन्न हुन गइरहेको गोजमुमो अध्यक्ष विनय तामाङले एउटा प्रेस विज्ञप्ति जारी गर्दै बताएका छन्।

उत्तर बङ्गाल एवं पहाडका चिया अनि  सिन्कोना बगानको विषय, कालेबुङ जिल्लाको तीनवटा खण्ड अनि बिजनबारीलाई महकुमाको दर्जा, दार्जीलिङ नगरपालिकालाई नगरनिगममा बढोत्तरी एवं सोनादा र सुकियापोखरीलाई नगरपालिकाको दर्जा दिलाउन प्रशासनिक बैठक सम्पन्न हुन गइरहेको तामाङले बताएका छन्।

यस बाहेक डीआई फण्ड एवं डेभलपमेन्ट एरिया,  फरेष्ट बस्ती अनि दलितपत्र आदिको समस्याहरूको समाधानार्थ  चाँडै प्रशासनिक पहल गरिने पनि तामाङले आश्वस्त गराएका छन्।

यसरी नै विगतमा दार्जीलिङ जिल्लापाल कार्यालयबाट दार्जीलिङ पहाडको होटल अनि रिसोर्टहरूमा लगाइएको सराई एक्ट अब पहाडमा लागु नहुने अनि यसको आधिकारिक अध्यादेश दार्जीलिङ जिल्लापाल कार्यालयबाट चाँडै नै जारी तामाङले विज्ञप्तिमा जनाएका छन्।

‘हालैको लोकसभा अनि विधानसभा चुनाउमा हाम्रा जनताले हामीलाई मत नदिएता पनि हामी पहाड कै छोराहरू भएको नाताले हामीले हाम्रो पहाड र पहाडबासीको सेवा गर्नु सौभाग्य सम्झन्छौँ’-तामाङले भनेका छन्, ‘राज्य सरकारसित रहेर हामी पहाडको विविध समस्याहरूको समाधान गर्न कटिबद्ध छौँ। पहाडबासीलाई हामी यो बचन दिन चाहान्छौ कि हामी तपाईहरूको हरेक समस्याहरूको समाधान गरेर हाम्रो कर्तव्य र जिम्मेवारी निभाउनेछौँ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया