गोलेकै पारा हो भने लालु प्रसाद र दाउदले पनि मुख्यमन्त्री प्रधानमन्त्री हुन्छु भनेर कोर्टमा दाबी गर्नेछः एसडीएफ

गान्तोक, 6 जून। सिक्किममा छैटौं मुख्यमन्त्रीको पदमा आसिन बन्न पुगेका एसकेएम अध्यक्ष पीएस गोलेको मुख्यमन्त्रीत्वमाथि विपक्षी दल एसडीएफ पार्टीले कडा प्रतिक्रिया व्यक्त गरेको छ। एसडीएफका प्रवक्ता एमके सुब्बाले मुख्यमन्त्री पीएस गोलेको मुख्यमन्त्री पद पूर्ण रूपमा असंवैधानिक र सर्वोच्च न्यायालयको आदेशको विरोधमा रहेको अनि त्यसले सिक्किमको प्रजातान्त्रिक इतिहासमा दाग लगाउने काम गरेको आरोप लगाए। उनले सिक्किमबाट पहिलोपल्ट अपराध सिद्ध भएर जेल खटिसकेका व्यक्तिले विना निर्वाचन मुख्यमन्त्री पदमा बसेर देशको प्रजातन्त्रलाई खतरामा पारेको दाबी गरे। उनले बिहारको पूर्व मुख्यमन्त्री लालु प्रसाद यादव र पूर्व सासंद मोहम्मद सहावुदिनले पनि अहिले जेलमा रहेको  जेल मुक्त भएर आएपछि मुख्यमन्त्री गोलेको परम्परालाई देखाएर न्यायालयमा जान सक्ने अनि मुख्यमन्त्री बन्न सक्ने ढोका खोल्ने काम गरेको यसैगरि भोलिको दिनमा मुम्बईमा आएर दाउदले पनि मुख्यमन्त्री प्रधानमन्त्री बन्छु भन्ने दाबी गर्ने बाटो खोल्ने काम भएको हुनाले सिक्किमको लागिमात्र नभएर देशकै निम्ति  सिक्किममा गठन भएको नयाँ सरकारले प्रजातन्त्र र सर्वोच्च न्यायालयले अपराध न्युनिकरणको निम्ति चालेको पहलमाथि कुठराधात गरेको आरोप लगाए। उनले सिक्किममा मात्र प्रजातन्त्र नभएर भारतभरि भएको कारण संविधानले राजनीतिज्ञहरूलाई अपराधमुक्त पार्ने प्रावधान र जन प्रतिनिधि ऐन 1951 ले पनि अपराधी क्रियालापबाट मुक्त राख्ने पहलमा विधान बनाएको तर पीएस गोलेले मुख्यन्त्री भएर बसेको खण्डमा देशलाई खतरामा धकेल्ने भएका आरोप लगाए। यसबारे एसडीएफका नेता पवन चामलिङ देशलाई प्रजातान्त्रिक माहोल खतरामा पार्नबाट बचाउने अडान लिएर पीएस गोलेको असंवैधानिक मुख्यमन्त्री पदको विरोधमा उभिएको दाबी गरे।

एसडीएफले गत 3 जूनको दिन विधायकहरूको शपथ ग्रहण समारोहको समय सिक्किम विधानसभामा आफ्नो पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्रीमाथि सदनको दर्शक दीर्घाबाट भएको अपशब्द प्रहारलाई लिएर विधानसभा अध्यक्ष समक्ष कार्वाहीको माग गर्दै ज्ञापन चडाएको छ।  एसडीएफका प्रवक्ताहरू एमके सुब्बा, निरू सेवा, अभिनाश याखा, कृष्ण खरेलले एसकेएम सरकारमा एसडीएफ विधायकहरूमाथि अपशब्द प्रहार गरिएको विषय सुनियोजित रहेका आरोप लगाएका छन्। यसैगरि विधानसभा अध्यक्षले कार्वाही गर्नुपर्ने माग गरेको छ।

अर्कोतिर प्रवक्ता निरू सेवाले सत्तारूढ एसकेएमले अनुसूचित जातिबाट विधानसभा अध्यक्ष चयन गरेको सहन गर्न नसकेको आरोपको खण्डन गर्दै आज एसडीएफले नभएर एसकेएमले नै अनुसूचित जातिको कुरा निकालेर खिल्लि उडाउने काम गरेको तथा अध्यक्ष एलबी दास स्वयं सक्षम भएकै कारण यो पदमा राखेको बताए। पूर्व मुख्यमन्त्री पवन चामलिंगले भने आफू सदन बहिष्कार गर्न अघि मुख्यमन्त्री पीएस गोलेको पद ग्रहण असंवैधानिक रहेको कुरा बताएर बाहिरिएको तर कुनै जातिमाथि आरोप नलगाएको बताए। यसका साथै उनले एसकेएमको आरोपलाई खण्डन गर्दै अनुसूचित जातिलाई तर एसडीएफलाई नभएर एसकेएमकै मन्त्री अरूण उप्रेतीले जातको कुरा निकालेर आफू शर्मा समुदायबाट भएर अध्यक्षलाई स्वीकार गर्न नसकेको आरोप प्रवक्ता अविनाश याखाले लगाए। यसैगरि उनले एक परिवार एक नोकरीमा लागेका बेरोजगार युवाहरूको पेटमा लात हान्ने काम गरिएको तथा एसकेएम सरकारले युवाहरूलाई काम बाट निकाल्ने अधिसूचना जारी गरेको विरोध गरे। उनले कार्मीक विभागले जारी गरेको उक्त अधिसूचना आगामी 13 जुनसम्म फिर्ता नलिएर कानुनी कार्वाही गरिने चेताउनी दिए। यसैगरि अर्का प्रवक्ता कृष्ण खरेलले पनि एक परिवार एक नोकरीमा रहेका  लगभग 10 हजार भन्दा धेरै युवाहरूलाई बेरोजगार पार्ने र उनीहरूको भविष्यसित एसकेएम सरकारले खेलाइँची गरेको आरोप लगाउँदै कसैलाई पनि रोजगारबाट निकाल्नु नहुने माग गर्दै उनीहरूको निम्ति एसकेएम पार्टीले अन्तिम साससम्म लडेर न्याय दिलाउने दाबी गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया