भाजपा र तृणमूलको जुझाईमा डाकघर मिचाइमा : केन्द्रलाई साँढ़े तीन करोड़ रुपियाँ घाटा

बताइएअनुसार एक  पोस्टकार्ड बनाउन 12.15 रुपियाँ खर्च लाग्छ। तर मानिसहरूलाई  50 पैसामा उपलब्ध गराइन्छ। यस्तो पोस्टकार्ड बनाउँदा केन्द्रलाई  11.65 रुपियाँ घाटा पर्छ। दुवै दलले पठाएको 30 लाख पोस्ट कार्डको हिसाब गऱ्यो भने पनि  3,64,50,000 रुपियाँ पुग्छ। यसबाट लगभग 15 लाख रुपियाँ सरकारले पाउँछ। तर जनतालाई दिइएको सब्सिडीअनुसार केन्द्र सरकारलाई लगभग 3,49,50,000 रुपियाँ अर्थात साँढ़े तीन करोड़ रुपियाँ घाटा पर्छ।


सिलगढी, 8 जुन


भारतीय जनता पार्टी र तृणमूल काङ्ग्रेसबीच पोस्टकार्ड लडाईं सुरु भइसकेको छ।  कहीँ कतै कसैले जय श्री राम भनेको सुनिन् भने बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जी रिसले चुर हुन्छिन्। जय श्री राम भन्नेहरूलाई धेरैपल्ट ठाउँको ठाउँ नै व्यानर्जीले गाली गरिसकेकी छन्। व्यानर्जीले रिस् देखाउने वित्तिकै भाजपालाई नयाँ तरिका फुऱ्यो।

10 लाख जय श्री राम लेखेको पोस्टकार्ड ममता व्यानर्जीलाई पठाइने भयो। स्पष्ट छ, भाजपाले ममता व्यानर्जीले जय श्री रामको विरोध गर्ने वित्तिकै त्यसैलाई राजनीतिक दाउपेच बनाइरहेको हो। दुश्मनलाई दुश्मनकै हतियार प्रयोग गर्न भाजपा माहिर छ।

कङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले नरेन्द्र मोदीलाई चौकीदार भन्ने वित्तिकै भाजपाले चौकीदार शब्दलाई नै ट्रेण्ड बनायो। भाजपाको आइटी विभाग यस्तो मामिलामा निक्कै सक्रिय छ।

अहिले बङ्गालमा जय श्री राम भाजपाको राजनैतिक चेलखेल बनेको छ। यस्तोमा ममता व्यानर्जी पनि तर कम निस्किइनन्। उनले प्रत्युत्तरमा 20 लाख जय बाङ्गला, जय हिन्द लेखेको पोस्टकार्ड नरेन्द्र मोदी र अमित शाहलाई पठाउने भइन्।

तृणमूलले आफ्नो काम गरिरहेको छ छैन तर भाजपाले काम थालिसकेकोछ। साउथ कोलकातास्थित कालीघाट पोस्ट अफिसमा हजारौं पोस्टकार्ड थुप्रिएको छ। पोस्टकार्डमा जय श्री राम लेखिएको छ। सबै पोस्टकार्डमा ममता व्यानर्जीकै ठेगाना छ। पोष्टअफिस ममता निवास क्षेत्रमा नै पर्छ।

पोस्टकार्ड थाक लागेपछि डाकविभाग टाउकोमा हात राखेर बसेको छ। चाख लाग्दो कुरा के छ भने दुवै दलको पोस्टकार्ड लडाईँले केन्द्रलाई करोडौं रुपियाँ घाटा पुऱ्याइरहेको छ।

जबदेखि ममता व्यानर्जी मुख्यमन्त्री बनिन् कालीघाट पोस्ट अफिसले ममता निवासको लागि अलग्गै एक पोस्टम्यान खटाएको छ।  ‘हाम्रो पोस्टम्यान सँधै पत्र लिएर जान्छन् र निर्धारित व्यक्तिलाई दिएर फर्किन्छन्,’ पोस्टअफिसका कर्मचारी भन्छन्, ‘यतिधेरै पोस्टकार्ड आउन थालेको छ, हामी तयारी बसेका छौं।’

बताइएअनुसार एक  पोस्टकार्ड बनाउन 12.15 रुपियाँ खर्च लाग्छ। तर मानिसहरूलाई  50 पैसामा उपलब्ध गराइन्छ। यस्तो पोस्टकार्ड बनाउँदा केन्द्रलाई  11.65 रुपियाँ घाटा पर्छ। दुवै दलले पठाएको 30 लाख पोस्ट कार्डको हिसाब गऱ्यो भने पनि  3,64,50,000 रुपियाँ पुग्छ। यसबाट लगभग 15 लाख रुपियाँ सरकारले पाउँछ। तर जनतालाई दिइएको सब्सिडीअनुसार केन्द्र सरकारलाई लगभग 3,49,50,000 रुपियाँ अर्थात साँढ़े तीन करोड़ रुपियाँ घाटा पर्छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया