अब अलगढा फुटाएर दुइ खण्ड

कालेबुङ, 8 जुन


पश्चिम बङ्गाल सरकारले कालेबुङ जिल्ला वस्थापनको  काम थालेको छ। कालेबुङलाई जिल्ला बनाएपछि अहिलेसम्म यसका महकुमा अनि खण्डहरू बनाइएको थिएन। तर पश्चिम बङ्गाल सरकारको पक्षबाट विशेष सचिव दिबयेन्दु दासद्वारा कालेबुङ खण्ड-2 (अलगडा खण्ड) लाई विभाजन गरेर लाभा अनि पेदोङ खण्ड विकास क्षेत्र बनाउन आधिकारिक पत्र जारी गरिएको छ।

सचिवले 6 जुन 2019 बिहिबारका दिन जारी गरिएको पत्र सङ्ख्या (No.3929/PN/O/I/1P-24/2017,  Dated:06/06/2019) मा कालेबुङ जिल्ला अधिनस्थ रहेको कालेबुङ -2 खण्ड विकास क्षेत्रलाई लाभा अनि पेदोङ खण्ड विकासको रूपमा स्थापित गरिने कुरा उल्लेख छ।

लाभा अनि पेदोङ खण्ड विकास क्षेत्रको निर्माणको निम्ति कालेबुङ जिल्लापाल, अतिरिक्त जिल्लापाल अनि पञ्चायत अनि ग्रामीण विकास विभागका अधिकारीवर्गलाई उचित पहलको लागि दिशा निर्देश गरिएको छ।

कालेबुङ जिल्ला अधिनस्थ  कालेबुङ-1 खण्ड विकास क्षेत्र, कालेबुङ खण्ड-2 विकास क्षेत्र अनि गोरुबथान खण्ड विकास क्षेत्र रहेका छन्। तीनवटा खण्ड विकास क्षेत्रमा मोठ जनसङ्ख्या 2 लाख 51 हजार 6 सय 42 जना रहेको छ। मोठ 1075.92 वर्ग क्षेत्रफलमा फैलिएको कालेबुङ जिल्ला अधिनस्थ तीनवटा पुलिस थाना अवस्थित रहेको छ भने एउटा नगरपालिका क्षेत्र रहेको छ। यसरी नै अन्य खण्ड र महकुमा निर्माणको प्रक्रिया हुन सक्ने सम्भावना छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया