राजु विष्टले शान्ति भङ्ग गर्ने प्रयास गरिरहेका छन्- विनय तामाङ

‘भारतीय जनता पार्टी र राजु विष्टले दार्जीलिङ पहाडको शान्ति श्रृखला भङ्ग गर्न प्रयास गरिरहेका छन्,’ तामाङले भने, ‘दार्जीलिङ पहाडमा अशान्ति भए यसको सम्पूर्ण जिम्मेवारी राजु विष्ट र भाजपा हुनेछ।’


दार्जीलिङ, 8 जुन


आज दिल्लीमा दार्जीलिङ नगरपालिकाका 17 जना पार्षद-पार्षद्विकाहरूले भारतीय जनता पार्टीमा सामेल भएकोमा गोर्खा जनमुक्ति मोर्चा (विनयपन्थी) को कुनै आपत्ति नरहेको विनय तामाङले जनाएका छन्। उनीहरू भाजपामा जाँदा विनयपन्थीलाई असर नपर्ने तर क्षेत्रिय दलहरूको वर्चस्वमा अपमान भएको भने बताएका छन्।

‘उनीहरू भाजपामा जाँदा गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङपन्थी ) लाई ठुलो असर पर्नेछ,’ तामाङलेभने, ‘विमलपन्थी गोर्खा जनमुक्ति मोर्चाको अस्तित्व नै सङ्घारमा परेको  छ। अब प्रत्यक्ष रूपमा विमल गुरुङ र रोशन गिरी पनि भाजपामा सामेल हुने मन बनाएको प्रमाणित भएको छ।’

नमन राईलाई केही महिना अघि मात्रै गोर्खा जनमुक्ति मोर्चा (विमल गुरुङपन्थी) विमल गुरूङले गोर्खा जनमुक्ति युवा मोर्चाका कार्यकारी अध्यक्षको पदमा मनोनित  गरेको तर अहिलेस भाजपामा जाँदा पदबाट किन राजिनामा नदिएको भनेर तामाङले सोधेका छन्।

‘भारतीय जनता पार्टी र राजु विष्टले दार्जीलिङ पहाडको शान्ति श्रृखला भङ्ग गर्न प्रयास गरिरहेका छन्,’ तामाङले भने, ‘दार्जीलिङ पहाडमा अशान्ति भए यसको सम्पूर्ण जिम्मेवारी राजु विष्ट र भाजपा हुनेछ।’

उनले दार्जीलिङ नगरपालिकाको अविश्वास प्रस्ताव सम्बन्धी विषयमा दार्जीलिङ नगरपालिकाले  चाँडै नै पश्चिम बङ्गाल नगरपालिका कानुन 1993 को आधारमा आधिकारिक पहल गर्ने पनि उनले जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया