विनय तामाङलाई नगरपालिका बचाउन धौधौ

दार्जीलिङ, 9 जुन


गोजमुमो-2 लाई नगरपालिका बचाउन गाह्रो परेको छ। नगरपालिकाका 17 पार्षद भाजपामा जाने वित्तिकै तामाङको सातो गएको हो। यसैले तामाङ नगरपालिका बचाउने अभ्यासमा जुटेका छन्। उनले आज दार्जीलिङ नगरपालिकाअधिनस्थ 32 वटै वार्डका पार्टी प्रतिनिधिहरूलाई लिएर सभा गरेका छन्।

वार्ड नम्बर 3 मा भएको सभामा विनय तामाङले भाजपामा सामेल भएका 17 जना नगरपार्षदहरूबारे आफ्ना समर्थकहरूलाई सम्झाए।यसबाहेक उनले वार्डवासीको मन जित्न विभिन्न वार्डहरूमा विकास व्यवस्थापन गर्ने प्रतिश्रुति दिए। ‘विकासको लागि बङ्गाल विकास पर्षद अध्यक्ष अमरसिंह राईसित कुराकानी भइसकेको छ,’ तामाङले वार्डवासीलाई भरोसा दिलाउने कोशिश गरे,  ‘अब एनबीडीडीमार्फत् मोठ 13 वटा वार्डहरूमा 13 वटै सार्वजनिक भवनहरू निर्माण गरिनेछ।’

तामाङअनुसार, वार्ड नम्बर 3, वार्ड नम्बर 5, वार्ड नम्बर 8, वार्ड नम्बर 7, वार्ड नम्बर 12, वार्ड नम्बर 10 वार्ड नम्बर 15, वार्ड नम्बर 17, वार्ड नम्बर 19, वार्ड नम्बर 23, वार्ड नम्बर 24, वार्ड नम्बर 25, वार्ड नम्बर 28 अनि वार्ड नम्बर 31 मा सार्वजनिक भवनहरू बनिने भएको हो। वार्ड नम्बर 20 मा चाँही नाला-झोड़ा व्यवस्थापन गरिने आश्वासन दिए।

कालेबुङ , खऱसाङ, मिरिक अनि दार्जीलिङका नगरपालिका अनि अन्य भेकहरूमा पनि एनबीडीडीमार्फत् नै विकास गरिने आश्वासन पनि तामाङले दिएका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया