आरपी वाइबा पक्राउ : एकातिर विजय उत्सव, अर्कोतिर पक्राउ र पुलिसको खान तलासी र विनय खेमाको वार्डमा बैठक

सिलगढी,  9 जुन


एकातिर दार्जीलिङ पुलिस विमल गुरुङ समूहको पछिल्तिर घुँडा घसेर लागिरहेको छ। पुलिस विमल गुरुङ समूहको गतिविधि देखेर सतर्क बनिरहेको छ। किन भने बिनय तामाङ समूह र बङ्गाल सरकारलाई खतरा कोहीसित छ भने विमल गुरुङसित नै छ।

गोजमुमोका प्रवक्ता बीपी बजगाईँको पक्राउपछि लगातार विमल समर्थकहरूको पक्राउ जारी छ। केही दिन अघि विमल समर्थक रजनी गुरुङको पक्राउ गरिएको थियो भने भर्खरै विमल खेमाका नेता आरपी वाइबालाई पनि पक्राउ गरिएको छ। कर्णल रमेश आलेले वाइबालाई पुलिसले पक्राउ गरेको बताएका छन्। यता आजदेखि नै भाजपामा सामेल बनेका 17 जना दार्जीलिङका नगरपार्षदहरूको घरमा पुलिसले खानतलासी शुरु गरेको छ।

दार्जीलिङका सांसद राजु विष्टले दार्जीलिङको मिडियालाई अपिल नै गर्दै 17 जना पार्षदको घरतिर नजर राखिदिने अपिल नै गरेका छन्।

‘हिजो दिल्लीमा उनीहरू भाजपामा सामेल बनेका हुन्,’ विष्टले भनेका छन्, ‘तर बङ्गालमा जनता वा नेताले गणतान्त्रिक अधिकारलाई प्रयोगसमेत गर्न पाइरहेका छैनन्।’

उनले पार्षदको घरमा पुलिसी छापाको फोटो सोसल मिडियामा सार्वजनिक गर्दै  बङ्गाल प्रशासनले गरिरहेको गैरकानूनी गतिविधिबारी सबैलाई सतर्क गराएका छन्। बताइएअनुसार दार्जीलिङ पहाड़बाट 17 वार्ड पार्षदहरु (बिमल पन्थी) भाजपामा सामेल भएलगत्तै आज बङ्गाल पुलिसद्वारा 17 वार्ड पार्षदहरुको घरमा छानबिन सुरु गरेको हो।

यसैको अभियानस्वरुप पुलिसले वार्ड नम्बर 26 मा राधा न्योपानेको घरमा छानबिन गरेको छ। स्मरणीय छ, आज नै यता विनय तामाङले सबै वार्डका आफ्ना समर्थकहरूलाई लिएर वार्ड नम्बर 3 मा बैठक गरेका थिए। जहाँ 17 जना पार्षदहरूबारे समर्थकहरूलाई विविध जानकारी उपलब्ध गराएको बताइएको छ।

तामाङले आफ्ना समर्थकहरूलाई 17 पार्षदबारे के जानकारी दिए, त्यो भने खुलेको छैन। तर पुलिसले 26 नम्बर वार्डका पार्षदको घरमा खानतलासी गरेको छ।

यता आरपी वाइबालाई पक्राउ गरेर पुलिसले स्पष्ट सङ्केत दिएको छ, कोही पनि विमल खेमा नेतृत्व पहाडमा सुरक्षित छैनन्।

यता पक्राउ, खानतलासी चलिरहेको छ भने अर्कोतिर गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले भने विजयोत्सव पालन गर्दै पटेका पड्कारहेका छन्। गोरामुमोले सोनादा टुङ्ग समष्टिमा आज विजयोत्सव पालन गरेको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया