अनित थापाले गरे क्षेत्रीय दलहरूको सुर्ता : भने- ‘भाजपाले बङ्गाल पस्न पहाडमा अशान्ति गर्दै छ’

फाइल फोटो

अनित थापाले दार्जीलिङ पहाड़मा भइरहेको विकास व्यवस्थापन अनि शान्ति श्रङ्खला कायम भएको भाजपाले सहन गर्न नसकिरहेको भन्दै भाजपाले दार्जीलिङ पहाड़लाई फेरि पनि अशान्त अनि अस्थिर बनाएर बङ्गालभित्र राजनीति गर्ने षड़यन्त्र गरिरहेको बताएका छन्।


दार्जीलिङ 9 जून।


जिटिए प्रमुख अनित थापाले दार्जीलिङका 17 पार्षद भाजपामा लाग्ने वित्तिकै भाजपाले  क्षेत्रीय पार्टीको प्रभुसत्ता नै हनन गर्ने प्रयास गरेको भन्दै सुर्ता व्यक्त गरेका छन्।

प्रेस विज्ञप्ति जारी गर्दै दार्जीलिङ पहाड़का गोर्खाहरूले भाजपालाई अलग राज्य गोर्खाल्याण्डको पक्षधर मानेर सदैव इमान्दारिताको साथ सहयोग गर्दै आइरहेको तर भाजपाले भने जहिल्यै दार्जीलिङ पहाड़को जनभावनामाथि आगो लगाएर दार्जीलिङ पहाड़लाई अशान्त बनाई पश्चिम बङ्गालभित्र राजनीति गर्ने ब्याकडुअरको रूपमा मात्रै लिने गरेको बताएका छन्।

105 दिनको गोर्खाल्याण्ड आन्दोलनको समय भाजपाले रमिता हेरेको, 10 वर्षदेखि गोर्खाहरूको जनभावनाको कदर नगरेको र अहिले दार्जीलिङ पहाड़को क्षेत्रीय राजनैतिक दलहरूलाई नै निमिट्यान्न पार्न खोजेको थापाको आरोप हो।

‘भाजपाको यो कर्तूत दार्जीलिङ पहाड़का सम्पूर्ण जनता अनि क्षेत्रीय राजनैतिक दलहरूप्रतिको विश्वासघात हो,’ उनले भनेका छन्, ‘भूमिगत नेता विमल गुरूङको अदूरदर्शिता, राजनैतिक बाध्यता, गोरामुमोको सत्ताको लालचलाई ढाल बनाएर भाजपाले दार्जीलिङ पहाड़को क्षेत्रीय राजनैतिक संस्कार अनि क्षेत्रीय राजनैतिक भावनामाथि आघात गरेको छ।’

छ। दुई-चार नेताहरूको राजनैतिक बाध्यता, भूल अनि स्वार्थलाई हतियार बनाएर एक राष्ट्रियस्तरको राजनैतिक दल भाजपाले दार्जीलिङ नगरपालिकाको बोर्डमाथि राल काड़्नु अति नै लज्जास्पद रहेको भन्दै थापाले भनेका छन्, ‘भाजपाको उक्त स्वार्थलाई गोजमुमोले कदापि पूरा हुन दिनेछैन।’

उनले पार्षदहरूलाई विमलपन्थी नेतृत्ववर्ग अनि भाजपाले नजरबन्द गरेको आरोप पनि लगाएका छन्। ‘हाम्रा 16 जना नगरपार्षदहरूलाई करकापमा पारेर उनीहरूको इच्छाविपरीत उक्त कार्यमा सम्मिलित गरिरहेका छन्,’ थापाले भनेका छन्, ‘नगरपार्षदहरूको परिवारका सदस्यहरूमार्फत् कतिपय नगरपार्षदहरूले हामीलाई सम्पर्क गरिरहेका छन्।’

अनित थापाले दार्जीलिङ पहाड़मा भइरहेको विकास व्यवस्थापन अनि शान्ति श्रङ्खला कायम भएको भाजपाले सहन गर्न नसकिरहेको भन्दै भाजपाले दार्जीलिङ पहाड़लाई फेरि पनि अशान्त अनि अस्थिर बनाएर बङ्गालभित्र राजनीति गर्ने षड़यन्त्र गरिरहेको बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया