नाइ नभन्नु ल-5 युट्युबमा (हेर्नुहोस् यहाँ छ)

स्वस्तिमा खड्का, अनुभव रेग्मी र सेड्रीना शर्मा स्टारर चलचित्र ‘नाईँ नभन्नु ल ५’ युट्युबमा सार्वजनिक भएको छ । विकाश राज आचार्यको निर्देशनमा बनेको चलचित्र २०१८को अगस्टमा प्रदर्शनमा आएको थियो । हिट चलचित्र ‘नाईँ नभन्नु ल’  को पाचौँ सिरिज यस चलचित्रले केटाकेटी उमेरमा पलाएको प्रेम त्यो प्रेमको बियोग र युवावस्थासम्म पुग्दा पनि उहि प्रेमको लागी तड्पिरहेको एक जोडिको कथा बोकेको छ । नीर (अनुभव रेग्मी) र अन्जना (सेड्रीना शर्मा) को कलीलो उमेरमा मनमा प्रेम पलाएको हुन्छ । अन्जनाको अकाल मृत्यु भएपछी कथाले नयाँ रुप लिन्छ । धेरै पछी युवा भैसकेका नीरको भेट अन्जनाको जुम्ल्याहा बहिनीसँग भेट हुन पुग्छ र कथा त्यही वरीपरी घुम्छ । चलचित्रलाई दर्शकको माया र समिक्षकको साथ पनि मिलेको थियो । चलचित्र युट्युबमा रिलिज भएको २४ घण्टा नबित्दै १९लाख ४० हजारले हेरिसकेका छन् भने ट्रेन्डिङको नम्बर १ मा पनि पर्न सफल भएको छ । चलचित्रलाई दर्शकले मन पराएका छन् । ‘नाईँ नभन्नु ल ५’मा स्वस्तिमा खड्का, अनुभव रेग्मी र सेड्रीना शर्माका अलवा  निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, अभिषेक नेपाल लगायत कलाकारको अभिनय रहेको छ । सेड्रीना र अभिषेकको यो डेब्यु चलचित्र हो । यसै चलचित्रबाट सेड्रीनाले आफुलाई सम्भावना भएको कलाकारको रुपमा स्थापित गराइन् भने अन्य स्थापित कलाकरले पनि राम्रो हाइप प्राप्त गरे ।  सामिप्य राज तिमल्सिना र विकाश राज आचार्यको कथा रहेको चलचित्रका निर्माता हरिबोल भन्डारी र गौरी राज जोशी हुन् । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा कविराज घटराजको कोरियोग्राफी रहेको छ -सिनेपाटीबाट

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया