सामान्य परिवारमा हुर्किएको हुँ सरकारी खर्चमा मोज मस्ती गर्दिनँ- मुख्यमन्त्री गोले

गान्तोक, 9 जून। सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)-ले स्यारी निर्वाचन क्षेत्रका जनतालाई धन्यवाद ज्ञापन गर्दै स्यारीका जनतालाई सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा उनले अब उसो नयाँ सरकारको नयाँ नीति अनुसार सबै कार्यहरू जनमुखी हुने बताए। चानमारीको वाहन स्टेनमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा एसकेएम पार्टीलाई सम्पूर्ण देवी देउरालीको आशिर्वाद भएका कारण सिक्किमे जनताली धोका दिनेहरूलाई धूलो चटाएर सत्तामा पुऱ्याएको बताए। अर्कोतिर विपक्षी एसडीएफ पार्टीले आफ्नो 25 वर्षे कार्यकालमा सिक्किमलाई तहस नहस पारेको आरोप लगाउँदै पूर्व सरकारले गरेको गलत कार्य र भ्रष्टाचारहरूको श्वेत पत्र नै जारी गर्ने गोलेले दावी गरे। सरकार गठन गरेको 14 दिनमात्र पूरा गरेको बताउँदै चुनाउ अघि गरेको वाचा बन्धनहरू विस्तारै पूरा गर्दै जाने बताए। जनताले व्यवस्था परिवर्तनको सङ्केतहरू पाइसेको आउँदो दिनहरूमा अझ धेरै परिवर्तनहरू आउने जनतालाई आभार प्रकट गर्दै मुख्यमन्त्री गोलेले आश्वासन दिए। एसकेएम सरकारको पहिलो प्राथमिकता भनेको सरकारी खर्चलाई कटौती गर्ने अनि आउँदो दिनहरूमा अझ धेरै यसमाथि निगरानी गरिने बताउँदै अब उसो जनताका प्रतिनिधिहरू पाइलटमा चडेर होइन तर साधारण जनता जस्तै भएर गउँघरमा आउने बताए।

आफूलाई सामान्य परिवारमा हुर्किएको बताउँदै सरकारी खर्चमा मोज मस्ती नगर्ने दावी गर्दै साधारण सरकारी आवासमा बस्ने अनि स्कर्पियो वाहनमा चडेर नै जनताको काम गर्ने बताए। यसरी नै उनले सरकारी कर्मचारीहरूलाई दिएको विदा बारे उल्लेख गर्दै अबउसो निष्ठापूर्वक जनताको कार्य गर्ने आह्वान पनि गरे।

उनले गैर कानुनी क्रियाकलाप बारे प्रसाशनले नै व्यवस्थित बनाइराख्ने अनि यसबारे कुनै सम्झौता नगर्ने आह्वान गरे। यसैगरी कुनै कानुन आदेश विरुद्धको अवैद्ध क्रियाकलाप भइरहेको भए त्यसलाई शान्ति सुरक्षाको निम्ति सशक्त पदक्षेप उठाउने आदेश पनि दिए। कार्यक्रममा क्षेत्र विधायक तथा मन्त्री कुङ्गान निमा लेप्चालाई खेलकुद तथा युवा मामिला विभागको प्रभारी मन्त्री पनि बनाइएको जानकारी दिए।

आफ्नो सम्बोधन राख्दै मन्त्री लेप्चाले एसकेएम सरकारको मुख्य प्राथमिकता भनेको शिक्षा र स्वास्थ्य रहने बताउँदै सिक्किम निर्मआणको निम्ति दुवै सशक्त हुनुपर्ने मन्तव्य व्यक्त गर्दै लगातार रूपमा दोस्रो पल्ट चुनाउ जिताएकोमा आभार प्रकट गरे। कार्यक्रममा वन विभागका मन्त्री कर्मा लोडेलगायत पार्टीका वरिष्ठ कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा पुग्न अघि इञ्चे गुम्पामा गएर पूजा अर्चना गरेका थिए भने कार्यक्रम पछि आफूले गत वर्ष 10 अगस्तसम्म एकसालको निम्ति कारावासको दण्ड भोगेको रोङ्गे स्थित सुधार गृहको भ्रमण पनि मुख्यमन्त्री गोलेले गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया