गोलेले मोदीलाई मागे एलटी सीट, जनजाति र 4 हजार करोड़ रूपियाँको अनुदान

गान्तोक, 12 जून।  सिक्किमको मुख्यमन्त्री पीएस गोलेले मंगलबार देशको राजधानी गान्तोकमा प्रधामन्त्री नरेन्द्र मोदीसित भेट गरेर सिक्किमका विभिन्न मुद्दाहरूबारे चर्चा गर्दै त्यसलाई समाधानको माग राखेका छन्। राज्यको ग्रामीण प्रबन्धन तथा विकास विभागका मन्त्री सोनाम लामासित नयाँ दिल्ली भ्रमणमा रहेका मुख्यमन्त्री गोलेले प्रधानमन्त्री मोदीलाई सिक्किमको विशेष संवैधानिक सुरक्षा 371 एफ को सुरक्षा अनि त्यसको महत्वलाई आउँदो दिनमा भाजपा सरकारले अझ बलियो बनाएर लानेछ भन्ने मनाशय व्यक्त गरे।

यसैगरि उनले सिक्किमको अनुसूचित जनजाति लिम्बू तामाङले अहिलेसम्म विधानसभामा आसन आरक्षण नपाएको तथा उनीहरूले लामो समयदेखि राजनैतिक अधिकारबाट बञ्चित हुनुपरेको कुरा स्पष्टसित राखे। यसमा उनले केन्द्र सरकारले चाँडो भन्दा चाँडो पहल गरिदिने आग्रह प्रधानमन्त्रीसित राखे। यसमाथि प्रधानमन्त्रीले पूर्व राज्य सरकारको दोषपूर्ण अनि भ्रमित कुराहरूले गर्दा हुन नसकेको अनि नयाँ सरारसित समन्वय राखेर यसबारेपहल गर्ने आस्वासन दिएको सूचना तथा जनसम्पर्क विभागबाट जारी विज्ञप्तिमा दाबी गरिएको छ। यसैगरि मुख्यमन्त्री गोलेले सिक्किमका छुटेका 11 जात गोष्ठी राई , गुरुंग, मंगर, भुजेल, सुनवार-मुखिया, थामी, याखा (देवान), खस, नेवार, जोगी र सन्यासीलाई अनुसूचित जनजातिको मान्यता दिनुपर्ने माग राखे। यसैगरि राज्यमा 17औं ग्याल्वा कर्मापा उगेने थिन्ले दोर्जीलाई सिक्किम भ्रमणको निम्ति अनुमति दिएकोमा प्रधानमन्त्री समक्ष आभार प्रकट गरे।

यसैगरि उनले सिक्किमको अर्थ व्यवस्था डावाडोल भएर दिवालियाको स्थितिमा पुगेको अनि सिक्किमलाई बन्दकी राखेर विभिन्न जल विद्युत कम्पनीहरूले विभिन्न वित्तीय संस्थानहरूबाट अकुत ऋण लिएको कारण राज्यको अर्थ व्यवस्था खतरामा परेको प्रधुनमन्त्री मोदीलाई अवगता गराए। यसमा उनले सिक्किमलाई यस्तो आर्थिक संकटबाट बाहिर निकाल्नको निम्ति केन्द्र सरकारको सहयोग अनिवार्य रहेको बताउँदै उनले राज्यलाई आर्थिक सहयोगको रूपमा एकपटकको निम्ति 4 हजार करोड़ रूपियाँको अनुदान प्रदान गर्ने माग गरेका छन्। यसमा प्रधानमन्त्रीले राज्यलाई राजकोषीय घाटाबाट बाहिर निकाल्न सहयोग गर्ने प्रधानमन्त्री मोदीले आश्वासन दिएको विज्ञप्तिमा दावी गरिएको छ। जसमा प्रधानमन्त्रीले अन्य राज्य सरह समान केन्द्रिय अनुदान प्रदान गरेर पनि राज्यमा कसरी यस्तो घाटा भयो भन्ने विषयमा आश्चर्य प्रकट गरेको तथा त्यसबारे विस्तृत जानकारी मागको बताएको छ। यसमा मुख्यन्त्री गोलेले सबै विषयमा श्वेत पत्र निकालेर पुनः भेट्ने पनि बताएका छन्।

मुख्यमन्त्री गोलेले यसभन्दा पहिले रक्षा मन्त्री राजनाथ सिंह, वित्तीय मन्त्री निर्मला सितारमण तथा खेल तथा युवा मामिला राज्य मंत्री किरेन रिजिजुसित पनि भेटघाट गरेका थिए।  मुख्यमन्त्री गोलेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लगातार दोस्रो पल्ट पनि उनको कुशल नेतृत्वमा सरकार गठन गर्न सफल भएकोमा बधाई पनि दिएका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया