विमलपक्षका नारी मोर्चा खुलेर आयो अघाडी:  पुलिसी अत्याचार बन्द नभए उग्र रूप लिनसक्ने चेताउनी

कालेबुङ, 12 जुन: दार्जीलिङ पहाडमा भइरहेको पुलिसी कार्यावहीको विरूद्द अन्नत: विमल गुरुङ नेतृत्वमा रेहको गोजमुमोपक्षले खुलेर विरोध जनाउन शुरू गरेको छ। लोकसभा चुनाउको परिणामपछि मनोबल बढेका विमलपक्षका नारी मोर्चा नेत्त्वहरूले आज एउटा पत्रकार सम्मेलनको आयोजना गर्दै पश्चिम बङ्गाल पुलिस प्रसासनले जमेर आलोचना गर्दै यदि पुलिसी अत्याचार बन्द नभए पहाडले उग्र रूप लिनसक्ने चेताउनी दिएको छ।

‘पुलिसको अत्याचारले सिमा नाघिसक्यो’-कालेबुङका नारी मोर्चा संयोजिका ननिता गौतमले भनिन्, ‘यदि सहने सिमासम्म आइसक्दा पनि पुलिसको अत्याचार रोकिएन भने उग्र रूप लिनसक्छ। यदि उग्र रूप धारण गऱ्यो भने त्यसले सबैलाई असर गर्छ।’

उनले खुलेर चेताउनी दिँदै पहाड विगतमा पनि उग्र बनेको उदाहरण दिँदै केन्द्रलाई हस्तक्षेप गर्न आग्रह गरेकी छन्।

आज विमल गुरुङपक्षका नारी मोर्चा कार्यकर्ताहरू ननिता गौतम, सावित्री शर्मा, अञ्जना छेत्री, रोजमेरी थापा, बबिता थापा, हिरा खाती, गोमा दर्नाल, मधु छेत्री, सृजना छेत्री आदिले अघि आएर पत्रकार सम्मेलनमा मौनता तोड्दै पुलिस प्रशासनको आलोचना गरेकी हुन्।

‘चुनाउपछि अब शान्ति हुन्छ भन्ने हाम्रो सोच थियो’-गौतमले भनिन्, ‘तर दिनदिनै गणतन्त्र बहाली गर्नको साटो एउटा दललाई मात्र दवाब दिने काम हुँदैछ। शीर्षस्थ नेताहरूलाई पक्राउ गर्ने काम हुँदैछ। वृद्ध अवस्थामा पुगिसकेका आरबी वाईबालाई समेत जेलमा हालेर कुटपिट गर्ने काम भइरहेको छ। पुलिसले न्यायसङ्गत काम गरेको हुनुपर्छ।’

उनले आफूहरू पनि भारतीय नागरिक रहेको कारण प्रशासनले समान व्यवहार गर्नुपर्ने सुझाएकी छन्। उनीहरूलाई लाग्छ, विमल गुरूङ समर्थकहरूलाई मात्र लक्षित गरेर जेलमा हाल्ने प्रक्रिया बन्द भएको छैन। मोर्चाले जातिको चिह्नारीको कुरा गर्दा यो निर्णायक घडीमा पुगेपछि खुट्टा तान्ने काम भइरहेको उनले आरोप लगाइन्।

उनले पहाडमा शान्ति स्थापना गर्न अनि सद्भावना र भाइचारा बनाइराख्न नै आफूहरूले आजसम्म विजय उत्सव समेत पालन गर्न नसकिरहेको बताइन्। उनले अन्य दलहरूलाई पनि फुटेर होइन जुटेर लडाईँ फत्ते गर्न आह्वान गरिन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया