कर्ण विरहलाई युवा अकादमी

सञ्जय निरौला, दार्जीलिङ, 14 जुन


दार्जीलिङ पुलबजार खण्ड अधिनस्त रेलिङ ग्राम पञ्चायतको अप्पर रेलिङका एक सशक्त  कवि कर्ण विरहलाई यसवर्षको साहित्य अकादमी युवा पुरस्कार प्रदान गरिने भएको छ । उनका ‘चर्किएको भुइँ नामक’ कविता सङ्ग्रहको लागि उक्त पुरस्कार  प्रदान गरिने भएको हो।

भारतीय नेपाली साहित्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका कर्ण विरह एक सशक्त कवि हुन्। उनका कवितामा आफ्नै शैली,  सरल र सहज भाषा देखिन्छ । गङ्गाप्रसाद छेत्री अनि जानुकी छेत्रीको कोखबाट कवि कर्ण विरहको जन्म  ७ अक्टुबर सन्  १९८७ -मा रेलिङ  दार्जीलिङमा भएको हो ।

कवि कर्ण विरहका अहिलेसम्म ६ वटा कृतिहरु प्रकाशित भइसकेका छन् । जसमा चारवटा कविता , एउटा गजल साङ्ग्रह, अनि एउटा रुबाई सङ्ग्रह रहेका छन् । ती प्रकाशित कृतिहरु शब्द सम्मेलन (कविता) २०१०, भक्कानिएका भावनाहरु (गजल)२०१०, रङ्गहीन तरङ्ग (रुबाइ) २०१२, भाव अभाव (कविता) २०१३, चर्किएको भुइँ (कविता) २०१४ र  डियर डोरेमन (कविता) २०१९ रहेका छन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया