महुवा मोइत्रको प्रश्न महुवा मोइत्रलाई नै

प्रश्न

तपाईंले फासिज्मको दोस्रो सङ्केत भन्दै भन्नुभयो, “”There is a ten-fold increase in the number of hate crime from 2014 to 2019.” महुवा ज्यु, तपाईंले hate crime को कुरा गर्दै हुनुहुन्छ। २०१७ को आन्दोलनको नाम गरेर तृणमूल सरकारले पहाडका जनप्रिय नेता बिमल गुरुङका निर्दोष समर्थकहरूलाई पक्राउ गर्नु चाहीं hate crime होइन? यसै चुनावमा हाम्रा नवनिर्वाचित विधायक निरज जिम्बा, म अनि बीजेपी नेता मनोज देवानले हाम्रो आफ्नै पार्टी कार्यालयमा झण्डा लगाएको अपराधमा मलाई पक्राउ गऱ्यो। तर केवल मलाई पक्राउ नगरेर मसँगै त्यसै आरोपमा सुनिल गुरुङ, किरण थापा, गोबिन्द राई, आनन्द गुरुङ, सुरज सुब्बा, निमा तामाङ, रजनी गुरुङहरूलाई पनि पक्राउ गऱ्यो। जबकी घटनास्थलमा यी पक्रा पर्नेहरू कोही पनि थिएनन्। केवल बिमल गुरुङको सपोर्टमा उभिँदा मात्रै यसरी गिरफ्तार हुनु भनेको hate crime होइन? बङ्गालमा सर्वाधिक hate crime दर्ता हुँदैछ भन्ने कुराको ज्ञान तपाईंलाई छ?


बीपी बजगाईँ


पश्चिम बङ्गालको कृष्णनगरबाट तृणमूल पार्टीलाई प्रतिनिधित्व गरेर  पहिलो चोटी सांसद बनेर गएकी महुवा मोइत्रले देशमा फासिज्मको सातवटा सङ्केत माथि बोल्दै गत २५ जुन २०१९ को दिन लोकसभामा भारतीय जनता पार्टीको सरकारलाई चुनौति दिएको वक्तव्य आज देशमा चर्चा बनेर चुलिएको छ।

म भारतीय जनता पार्टीको बचाउमा बोलेको होइन, त्यसको जवाब भारतीय जनता पार्टीले नै अवश्यै देला।  तर सांसद महुवाले बताएको फासिज्मको सातवटा सङ्केत पश्चिम बङ्गालमा पनि तृणमूल सरकारले गोर्खाहरूमाथि गरेको व्यवहारले हुबहु दर्शाएको छ। हामी महुवाज्युले उठाएका त्यही प्रश्नहरू आज तृणमूल सांसद महुवा मोइत्र ज्युलाई नै गर्न चाहन्छौं- बी० पी० बजगाईं

[नोट: यसको बङ्गला संस्करण पनि चाँडै आउँदैछ।]

  • तपाईंले NRC माथि बोल्दै हाम्रो देशको राष्ट्रिय स्वरूपलाई “superficial”, “xenophobic” and “narrow” बताउनु भयो अनि भन्नुभयो, “It is the lust to divide, it is not a desire to unite,” फासिज्मको पहिलो सङ्केत बताउँदै तपाईंले भन्नु भयो, “”Citizens are being thrown out of their homes and being called illegal immigrants. People who have lived in this country for 50 years are having to show a piece of paper to prove that they are Indians.” हामी गोर्खाहरू यो देशमा केवल पचास वर्षदेखि बसेको होइन, धेरै पुस्ता बिताएका गोर्खा जातिको सन्दर्भमा तपाईंलाई बताउन चाहन्छौं। हामीले राष्ट्रिय मुलधारामा जानलाई सम्वैधानिक रूपले गोर्खाल्याण्डको माग गरेका हौँ। हामी illegal immigrants होइनौं अनि प्रस्तावित गोर्खाल्याण्डको भूभाग बङ्गालको हिस्सा कहिल्यै थिएन। तर बङ्गालको तृणमूल सरकारले हामीलाई निजेर गृह निजेर भमि भन्ने शरणार्थीलाई दिने योजनाबाट जमिन दिएर गोर्खा जातिलाई illegal immigrants को रूपमा उभ्याउन चाहन्छ अनि गोर्खाल्याण्ड माग्नेहरूलाई विभिन्न झुटो मुद्दाहरु लगाएर जङ्गल पस्न बाध्य बनाएको छ। झुटो राजनैतिक मुद्दाको एउटा शिकार म स्वयम् पनि हुँ। के तृणमूल सरकारको गोर्खाहरूमाथिको यो व्यवहार चाहीं “superficial”, “xenophobic” and “narrow” राज्य चरित्र होइन?
  • तपाईंले फासिज्मको दोस्रो सङ्केत भन्दै भन्नुभयो, “”There is a ten-fold increase in the number of hate crime from 2014 to 2019.” महुवा ज्यु, तपाईंले hate crime को कुरा गर्दै हुनुहुन्छ। २०१७ को आन्दोलनको नाम गरेर तृणमूल सरकारले पहाडका जनप्रिय नेता बिमल गुरुङका निर्दोष समर्थकहरूलाई पक्राउ गर्नु चाहीं hate crime होइन? यसै चुनावमा हाम्रा नवनिर्वाचित विधायक निरज जिम्बा, म अनि बीजेपी नेता मनोज देवानले हाम्रो आफ्नै पार्टी कार्यालयमा झण्डा लगाएको अपराधमा मलाई पक्राउ गऱ्यो। तर केवल मलाई पक्राउ नगरेर मसँगै त्यसै आरोपमा सुनिल गुरुङ, किरण थापा, गोबिन्द राई, आनन्द गुरुङ, सुरज सुब्बा, निमा तामाङ, रजनी गुरुङहरूलाई पनि पक्राउ गऱ्यो। जबकी घटनास्थलमा यी पक्रा पर्नेहरू कोही पनि थिएनन्। केवल बिमल गुरुङको सपोर्टमा उभिँदा मात्रै यसरी गिरफ्तार हुनु भनेको hate crime होइन? बङ्गालमा सर्वाधिक hate crime दर्ता हुँदैछ भन्ने कुराको ज्ञान तपाईंलाई छ?
  • फासिज्मको तेस्रो सङ्केतको रूपमा मिडिया नियन्त्रणमाथि बोल्दै तपाईंले भन्नुभयो, “You repeat and repeat a lie until it becomes the truth.” के आज विभिन्न मिडियामा बङ्गाल सरकारले बिमल गुरुङ दोषी हो भनेर भनिरहनु – भनिरहनु पनि त्यही सिद्धान्तभित्र लिएको तृणमूल सरकारको चाल होइन? किन बिमल गुरुङहरूले एनआईए जाँच माग्दा राज्य सरकारले मान्दैन? किन सर्वोच्च अदालतले उच्च अदालत पठाउँदा बिमल गुरुङको केश फाइल बोकेर आउने मान्छे बङ्गाल पुलिसले पक्रिन्छ? तपाईं यसै सन्दर्भमा भन्नुहुन्छ, “I tell you that every time they put out one figure, one fact, that is not the truth. They are destroying the fabric of India.” हो! हामी पनि भन्छौं, “…that is not the truth. You people are destroying the fabric of West Bengal and Gorkha politics of Darjeeling”
  • फासिज्मको चौथो सङ्केतको रूपमा राष्ट्रिय सुरक्षामाथि बोल्दै तपाईंले भन्नुभयो, ” It is as though all of us in this country are today in fear of nameless, shameless kala bhoot.” मलाई कालो भुत भनेको के हो थाहा छैन, तर लाग्छ यो हाउगुजी हो। हामीलाई पनि त लाग्छ, आज तृणमूल सरकारमा बङ्गाल पुलिस भनेको “fear of nameless, shameless kala bhoot” नै हो। बिमल गुरुङको समर्थक हुनु नै पक्राउ पर्नु, आफुले गर्दै नगरेको अपराधको आरोप आफुलाई लाग्नु, आरपी वाइबा जस्ता ८० वर्षको वृद्धलाई राजनैतिक द्वेषको कारणले पक्राउ गरेर शारीरिक यातना दिनु, अस्पतालमा पत्नीको उपचारमा जाँदै गर्दा बाटैमा पक्राउ गरिनु जस्ता घटनाहरू के “fear of nameless, shameless kala bhoot” को उदाहरणहरू होइनन्? हामीसँग यस्ता सयौं उदाहरणहरू छन्, के तपाईं जान्न चाहनुहुन्छ?
  • फसिज्मको पाचौं सङ्केतबारे बोल्दै तपाईंले भन्नुभएको छ, “we have redefined what it means to be a citizen”. You are absolutely right Mahua jee.  We have redefined what it means to be a citizen. हाम्रो भाषा पनि तपाईंको भाषा जस्तै सम्विधानको आठौँ अनुसूचीमा मान्यताप्राप्त भाषा हो। तर तृणमूल सरकारमा हाम्रो भाषाको पाठ्य पुस्तकलाई विस्तारै बङ्गालीकरण गर्ने कोशिश गरिएको छ। अनि मैले यस विषयमा कुरा उठाउँदा मलाई MCC violation को नोटिस आउँछ। बङ्गला भाषा अनिवार्यको फरमान राज्यले जारी गर्दा भएको विरोधलाई राज्यले नै हिंस्रक स्वरूप प्रदान गर्छ। हामी पनि अरु नागरिक सरह बराबरको दर्जा प्राप्त नागरिक हौँ। SRC को नियम अनुरुप राज्य प्राप्तिको हक हामीलाई पनि छ। हामीलाई पनि हाम्रो भाषा, संस्कार अनि संस्कृति प्यारो छ। यसैले हामी पनि भन्छौं, “we have redefined what it means to be a citizen”. हाम्रो जाति, राजनैतिक माग अनि संस्कार संस्कृति सन्दर्भमा तपाईंको भन्नु के छ?
  • फसिज्मको छैटौं सङ्केत, घृणा र अवहेलना माथि बोल्दै तपाईंले भन्नुभएको छ, “Everything we are doing is pushing India back to the dark ages. Secondary school textbooks are being manipulated and distorted in order to indoctrinate,” मैले अघि नै भनें, तृणमूल सरकारमा हाम्रो भाषाको पाठ्य पुस्तकलाई विस्तारै बङ्गालीकरण गर्ने कोशिश गरिएको छ। हामी ग्रान्डमदरलाई आमै भन्छौं, पाठ्यपुस्तकमा तपाईंको भाषामा ठाकुमा भनिएको छ, हामी जसलाई बुहारी भन्छौं, पाठ्यपुस्तकमा तपाईंको भाषामा बौमा भनिएको छ। हाम्रोतिर पाइने पर्क्युपाइन् भन्ने काँडादार जन्तुलाई पाठ्यपुस्तकमा चरा भनिएको छ। यस्ता अनेकौं उदाहरण सहित मैले भिडियो अन्तर्वार्ता दिँदा मलाई मुद्दा समेत लगाइयो। हामीलाई पनि भन्नु मन लाग्छ, “Everything we are doing is pushing West bengal back to the dark ages. School textbooks are being manipulated and distorted in order to indoctrinate.” यसमा तपाईंको भन्नु के छ?
  • फसिज्मको सातौँ सङ्केत भनेर बोल्दै चुनाव व्यवस्थाको स्वतन्त्रतामाथि तपाईंले “erosion of independence in electoral system” माथि बोल्नु भएको छ। भर्खरै बितेको चुनावमा हामीलाई दार्जीलिङमा जनसभा गर्ने अनुमति राज्य प्रशासनले दिएको थिएन। अन्तमा हामीले चुनाव आयोगलाई कम्प्लेन गरेर चौरस्ता जस्तो सानो ठाउँमा अनुमति पाएर चित्त बुझाउनु पऱ्यो। दार्जीलिङ नगरपालिकामा हामीले १७ जना वार्ड कमिश्नरलाई लिएर भोट अफ नोकन्फिडेन्स मोसन माग्दा राज्यले नगरपालिका आफ्नो हातमा लिएर नोमिनेट गर्छ। के यो चाहीं “erosion of independence in electoral system” होइन?

तपाईंको संसदीय वक्तव्य सुन्दा हामीलाई लाग्यो, तपाईं शिक्षित अनि ज्ञानी हुनुहुँदो रहेछ। तपाईंको नजर हामी गोर्खाल्याण्ड प्रेमीहरूमाथि पनि परोस्। यदि तपाईं पनि एकपक्षीय दृष्टिमात्रै राख्नुहुन्छ भने हामीलाई पनि तपाईंले झैं भन्न मन लाग्छ, “resected MP mahua jee, We have the right to disagree with your one-sided idea. Thankyou”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया