सहीद मेजर दुर्गा मल्लको 106 औं जन्म जयन्ती

गान्तोक, 1 जुलाई।


भारतको स्वातन्त्र आन्दोलनमा सशस्त्र क्रान्तिकारीको रूपमा इण्डियन नेशनल आर्मी (आइएनए) मा मेजरको पदमा रहेर देशको मु्क्तिको निम्ति लड्दा अंग्रेजी शासकले फाँसीमा चडाएका गोर्खा सहीद मेजर दुर्गा मल्लको 106 औं जन्म जयन्ती देशको राजधानी नयाँ दिल्लीमा रहेको संसद भवन परिसरमा निर्मित सहीद मेजर दुर्गा मल्लको सालिग पसिरमा पालन गरियो। यस अवसरमा सिक्किम, दार्जीलिङ र तिहेरीका गोर्खाली सांसदहरूको उपस्थिति रहेको थियो।

सिक्किमका लोकसभा सांसद इन्द्र हाङ सुब्बा, दार्जीलिङका सांसद राजु विष्ट अनि तेहरीका सांसद माला राज्य लक्ष्मी साहको उपस्थिति थियो। यसै  गरि केन्द्रिय राज्य मन्त्री किरेन रिजेजु पनि साथमा थिए। कार्यक्रममा सहीद मल्लको सालिगमा श्रद्धा अर्पण गरेर सबैले उनको उच्च सहादतलाई सम्झना गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो। त्यसपछि लोक सभा अध्यक्ष ओम बिडलालाई सबै सांसदहरूले भेटघाट गरेका थिए।

उल्लेखनीय छ यसरी सबै गोर्खा सांसदहरूले सहीद मेजर दुर्गा मल्ललाई एकैसाथ सम्झना गर्दै गोर्खाहरूको देश निर्माणमा योगदान एउटा पाटोलाई ताजा पारेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया