कालेबुङ नगरपालिलाई 650 घर 

कालेबुङ, 1 जुलाई


‘सबैलाई घर’-योजना अन्तर्गत कालेबुङ नगरपालिका क्षेत्रमा 2019-20 को निम्ति थप 650 वटा घर निर्माण गरिने भएको छ। नगरपालिका अध्यक्ष रवि प्रधानले उपरोक्त जानकारी दिँदै आगामी 5 जुलाईभित्र लाभार्थीहरूले सम्पर्क गरिदिने आह्वान गरेका छन्।

उनी अनुसार 2018-19 का निम्ति 3 सय घर स्वीकृत भइसकेको छ भने 2019-20 को निम्ति 6 सय 50 जनाको घर बनाइने सरकारले स्वीकृति दिएको छ। नगरपालिकाले राम्रो काम गरेको कारण नै सरकारले घरको सङ्ख्या बढाइदिएको प्रधानले बताएका छन्। आफ्नो 1 डेसिमल मात्र जमीन छ भने पनि घर बनाउने प्रावधान रहेकोले लाभार्थीरूले सम्बन्धित पार्षद् एवं नगरपालिकामा सम्पर्क गर्नुपर्ने बताएका छन्।

यसबाहेक बद्ध भत्ता, अपाङ्ग भत्ता अनि विधवा भत्ता को निम्ति 4 सय जनाको नाम मागेकोले यस वर्गमा पर्ने मानिसहरूले पनि फारम भरिदिन नगराध्यक्ष प्रधानले सूचित गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया