चुनाउअघि शिलान्याश गरेको सडक चुनाउपछि हुनसकेको छैन उद्घाटन

कालेबङ, 1 जुलाई


कालेबुङ शहरदेखि नजिकैमा रहेको गोकुलेदेखि देउरालीसम्म 3.2 किलोमिटरको सडक जीटीएले चुनाउघि नै शिलान्याश गरेको भएपनि आजसम्म उद्घाटन हुन सकेन। चुनाउ आचार संहिता लाग्न ठिक अघि जीटीएद्वारा उक्त सडकको शिलान्याश गरिएको थियो। तर उक्त सडक बनिनको सट्टा अझ भत्किएर गाडी नै कुद्न नसक्ने अवस्था भएपछि बोङ ड्राइभर वेल्फेयर सोसाइटीका चालकहरू स्वयं अघि आएर सडक निर्माण कार्यमा खटेका हुन्।

चालकहरूले आर्थिक अनि शारिरिक श्रम दिएर आइतबार दिनभरि नै सडक मरमति कार्यमा जुटेका थिए। एसोसिएसनका पक्षमा मनोज छेत्रीले उक्त सडक पहिले नै शिलान्यास भएको भएपनि आजसम्म नबनेको आरोप लगाएका छन्। उनले क्षेत्रमा गाडी नै कुद्न नसक्ने अवस्था भएपपछि चालकहरू स्वयं सडक निर्माणका निम्ति अघि आएको बताए।

‘पानी पऱ्यो पनि यहाँ गाडी नै कुद्नु सक्दैन’-छेत्रीले गुनासो गर्दै भने, ‘विरामी लिएर जानु पऱ्यो भने गाडी ठिल्नको निम्ति पछिपछि तीनजना मान्छे चाहिन्छ। भोटअघि शिलान्याश गरेर एकहप्ता काम गऱ्यो त्यसपछि कसैले हेरेन।’ चुनाउअघि सडक निर्माण गरिदिने भनेर दिएको आश्वासन चुनाउ सकेपछि पूरा नभएको उनले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया