(भिडियो सहित) कालेबुङ जिल्ला अस्पतालमा इन्जेक्सनको कारण  12 विरामी सिकिस्त:  1 जनाको अवस्था गम्भीर

कालबुङ, 2 जुलाई


कालेबुङ जिल्ला अस्पतालमा आज बिहान अचानक पुरूष कक्षका 12 जना विरामी एकैचोटी सिकिस्त बनेका छन् भने 1 जनाको अवस्था गम्भीर बनेको छ। घटना अनुसार आज बिहान सँधै सँझै विरामीहरूलाई नर्सहरूद्वारा इन्जेकन दिइने काम भएको थियो। तर इन्जेक्सन दिएको केही समय नबित्दै अचानक मेल वार्डमा भएका जम्मै विरामीहरू छपटाउन थाले। इन्जेकन दिएपछि उनीहरूको ज्वरो ह्वात्ते बढेर गयो। विरामीहरू काप्न थाले। जब एकपछि अर्को गर्दै विरामीहरूको ज्वरो तीब्र रूपमा बढेर अनि उनीहरू छटपटाउन थाले तबमात्र अस्पताल प्रशासनलाई थाहा भयो ‘त्यो त्यही इन्जेकनको कारण भएको हो जुन इन्जेक्सन बिहान विरामीहरूलाई लगाइएको थियो। त्यसबेलासम्म दबाई रिएक्सन भइसकेको थियो अनि वार्डमा भएका धेरै विरामीहरूलाई अक्जिसन दिनपर्ने स्थिति आइसकेको थियो।

विरामीहरूलाई अक्जिन दिइयो, ज्वरो कम हुने दबाई दिइयो। तर यसै वार्डको 10 नम्बर बेडमा भएका किर्ने निवासी 37 वर्षीय बिरू तामाङको स्थिति भने यति धेरै बिग्रिएर गयो कि उनलाई तत्कालै एचडीयूमा भर्ना गर्नपऱ्यो। ज्वरो आएर शनिबार अस्पतालमा भर्ना भएका बिरू तामाङको स्थिति हिजो रातीसम्म सामान्य नै थियो। तर आज बिहान अचानक उनलाई एचडीड्यूमा मात्र सारिएन तर उनको लिभर र किड्नी नै खराब भइसकेको डाक्टरले बताएपछि यतिखेर परिवारपक्षको आक्रोश चरममा छ।

‘ज्वरो आयो भनेर शनिबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो’-बिरूका पत्नी घनमाया छेत्रीले भनिन्, ‘हिजोसम्म उनी ठिकै थिए तर आज अचानक उनको स्थिति बिग्रिएर गएपछि उनलाई एचडीयूमा सारिएको छ। हिजोसम्म डाक्टरहरूले केही भनेन् तर आज अचानक उनलाई जन्डिस भएको, लिभर अनि किड्नी बिग्रिएको कुरा गर्दैछन्। यो अस्पतालकै लापर्वाहीकै कारण भएको हो।’

उनीहरू पक्का छन्, इन्जेक्सन रिएक्सन भएकै कारण उनको शरीरको अङ्गहरू बिग्रिएर गएको हो। जसरी हुन्छ अस्पतालले बिरूलाई पहिलेकै अवस्थामा ल्यानुपर्छ भन्ने उनीहरू चाहन्छन्।

अर्कोतिर, गुम्बाहट्टा निवासी श्रद्धा थापाले पनि हिजो राती आफ्ना बाबा प्रकाश थापालाई सामान्य अवस्थामा नै अस्पतालमा छोडेर गएकी थिइन्। जब उनी आज बिहान अस्पताल पुगिन् तब उनको होश उँड्यो किनभने उनको बाबा सिकिस्त भइसकेका थिए।

‘हिजोसम्म बाबालाई कम्ती ज्वरो आइरहेको थियो तर आज बिहान इन्जेक्सन दिएपछि काम ज्वरो आएर सिकिस्त भएछन्’, -श्रद्धाले सुनाइन्, ‘धन्न बाबाले अलिकति भएपनि कन्ट्रोल गर्न सक्नुभएछ।’

अर्कोतिर इस्टमेन रोड निवासी 70 वर्षीय भरत राईको कथा पनि उस्तै छ। इस्पोन्डीलाइटिस भएर थेरपी चलिरहेको विरामीलाई बिहानको इन्जेक्सनले झनै सिकिस्त बनाएपछि उनी बोल्नसक्ने अवस्थामा छैनन्।

‘यत्रो ठूलो अस्पतालमा यसरी हेलचेक्राइ हुन्छ भने हामी विरामी कसरी ल्याउनु?’- भरतका छोरा सन्तोषले भने, ‘अस्पतालसित विरामीहरूको भरोसा हुन्छ, त्यो भरोसा तोडिनु हुँदैन।’

आजको यो घटनापछि अस्पताल प्रशासनको होस उँडेको छ। पुलिसले पनि घटनाको छानीबन गरिरहेको छ। कालेबुङ थाना प्रभारीको नेतृत्वमा पुलिस प्रसानको एउटा टोली घटनास्थलमा पुगेको थियो। यता अस्पताल प्रशासनले पनि बैठक गरेर घटनाको निरिक्षण गरिरहेको बताएको छ। कालेबुङ जिल्ला स्वास्थ्य अधिकारी निरूपम विश्वासले उक्त घटना अस्पतालको लापार्वाही हो भन्नेकुरा मान्न अस्वाकीर गरेका छन्।

‘ज्वरो आएकाहरूलाई इन्जेक्स दिएपछि अझ धेरै ज्वरो आयो अनि ड्रग रिएक्सन भएर ऱ्यूमर फैलियो’-जिल्ला स्वास्थ्य अधिकारी निरूमप विश्वासले भने, ‘त्यही दवाई पाँच दिनदखि सबै वार्डमा चलिरहेको छ तर मेल वार्डमा मात्र घटना भयो, जबकी फिमेर वार्ड, सर्जिकल वार्डतिर केही भएको छैन।’

उनको घटनाको छानबिन गर्न हाइपवर मेडिकल टिम गठन गरेको बताए। अर्कोतिर अस्पतालको लापार्वाहीको विरूको किड्नी र लिभर बिग्रिएको हुनसक्ने भन्दै परिवारपक्षले आरोप लगाएपनि अस्पताल प्रशासन भने यो मान्नेवाला छैन।

‘एकजना बिरामीको अवस्था खराब भएको छ, उसको अवस्था पहिलै नै खराब भएको थियो’- डा. निरूमप विश्वासले भने, ‘पहिले नै उनको किड्नी खराब थियो, जन्डिस पनि थियो यसैले उसको अवस्था खराब भएपि भन्टिलेसन दियो। उनको उपारको लागी स्पेसल मेडिकल टिम बनाइएको छ।’

उनको किड्नी खराब भएको रिपोर्ट हिजो मात्र आएको कारण परिवारपक्षलाई जानकारी दिन नसकेको अनि आज जानकारी गराएको बताउँदै हाइपवर मेडिकल टिमले दिएको रिपोर्टपछि मात्र घटनाको वास्तविकता स्पष्ट हुने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया