इन्जेक्सनको कारण सिकिस्त बिरू तामाङको मृत्यु: अस्पतालपक्षबाट क्षतिपूर्तिस्वरूप नोकरी दिने आश्वासन

कालेबुङ, 3 जुलाई:  कालेबुङ जिल्ला अस्पतालमा नियमित इन्जेक्सन लगाउने क्रममा रिएक्सन भएर सिकिस्त बनेका 12 जना विरामीहरूमध्ये गम्भिर अवस्थामा रहेका किर्ने निवासी 37 वर्षिय बिरबहादुर तामाङको आज मृत्यु भएको छ। मंगलबार बिहान इन्जेक्सनको कारण रिएक्सन भएर गम्भिर अवस्थामा पुगेका बिरबहादुर तामाङलाई मेल वार्डबाट तत्कालै एचडीयूमा सारेर उनको उपचारको निम्ति स्पेसल मेडिकल टिम गठन गरेको अस्पतालपक्षले दावी गरेको थियो। यद्यपि आज बिहान लगभग 7 बजीतिर उनको मृत्यु भएको छ भने अन्य विरामीहरूको उपचार कालेबुङ जिल्ला अस्पतालमा नै चलिरहेको छ। समान्य ज्वरोको कारण अस्पतालमा भर्ना गरिएका तामाङको अचानक मृत्यु भएपछि परिवारपक्षले अस्पतालपक्षप्रति व्यापक असन्तुष्टि व्यक्त गरेको छ। घटनालाई लिएर परिवारपले  अस्पतालपक्षसित घण्टौसम्म बैठक गरेर न्यायको माग गरेको छ। बिरूका पत्नी घनमाया तामाङले पारिवारिक अवस्थाबारे बताउँदै आफैहरूले न्याय पाउनुपर्ने माग गरेकी छन्।

अर्कोतिर अस्पतालपक्षबाट जिल्ला स्वास्थ्य अधिकारी निरूपम विश्वासले तामाङको मृत्युलाई एउटा दुर्घटना मान्दै परिवारपक्षले क्षतिपूर्तिको माग गरेको कारण उनीहरूको मागलाई स्वास्थ्य भवनमा पठाउने बताएका छन्। उनले विभागमा विभिन्न नोकरी दिने प्रावधान रहेको भन्दै मृतकका परिवारको शैक्षिक योग्यताहरूको आधारमा कनट्याटचुअल बेसिसमा नोकरी दिने आश्वस्त गराए। उनले इन्जेक्नको कारण नै रिएक्सन भएर उनको मृत्यु हुनसक्ने कुरा स्वीकार गरेपनि पूर्ण जाँचपछि यसको वास्तविकता अघि आउने अनि दोषीलाई कार्यवाही हुने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया