सिक्किममा दलाई लामाको 84औं जन्म दिवस 

????????????????????????????????????

गान्तोक, 6 जुलाई। तिब्बती धर्म गुरु दलाई लामाको 84औ जन्मदिवस सिक्किमको राजधानीको शेरा गुम्पामा अन्य वर्षहरूमा जस्तै भव्यता पूर्वक पालन गरियो। आफ्नो लोक संस्कृति र भाषालाई प्रमुखताको साथमा मान्यता प्रदान गर्ने तिब्बति समुदायको निम्ति अत्यन्त महत्वपूर्ण कार्यक्रमको रूपमा रहेको दलाई लामाको जन्म दिवस यसपालि दुई दिने भव्य कार्यक्रम बीच सम्पन्न हुन गइरहेको छ।

राज्यको धर्म विभागका मन्त्री सोनाम लामा मुख्य अतिथि रहेको पहिलो दिनको कार्यक्रममा वन विभागका मन्त्री कर्मालोडे भोटिया विशिष्ठ अतिथिको रूपमा उपस्थित थिए भने पूर्व विधासभा उपाध्यक्ष सोनाम ग्याछो लेप्चालगायत विभिन्न विभागका वरिष्ठ अधिकारीहरू र तिब्बति समुदायका गण्य मान्य व्यक्ति व्यक्तित्व साथै वरिष्ठ नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको शुरुवात तिब्बत र भारतको राष्ट्र गीत गायन पछि भएको थियो। मुख्य अतिथि लामाले धर्मगुरु दलाईलामाको मुहार चित्रमा परम्परागत खदा र श्रद्धा अर्पण गरेर उनको जन्म दिनको केक काट्दै सम्पूर्ण तिब्बति समुदायलाई धर्मगुरु दलाईलामाको जन्म दिनको शुभकामना व्यक्त गर्दै उनको सुस्वास्थ्य र दीर्घायुको कामना गरे। अर्कोतिर कार्यक्रममा तिब्बति महिलाह र पुरुषहरूले आफ्नो लोक गीत सङ्गीतको रङ्गारङ्ग कार्यक्रम प्रस्तुत गरेका थिए। बाक्लो संख्यामा तिब्बतिहरूको उपस्थिति रहेको यो कार्यक्रमको आयोजन तिब्बकिहरूको किदू टिबिटेन सेटल्मेण्ट अफिस र सबै तिब्बति समुदायका प्रतिनिधिहरूले संयुक्तरूपमा आयोजन गरेका थिए।

धर्मगुरु दलाई लामाको जन्म दिवसको सन्देश सेटल्मेण्ट अफिसर मिङ्गूर यूडोन्लाले तिब्बति भाषामा खासाहागको वक्तव्य वाचन गरेकी थिइन्। जसमा उनले भारतमा शरण लिएको अनि अन्य गतिविधि साथै तिब्बतिहरूको मुक्तिको निम्ति गरेको कार्यहरूको बेलिविस्तर सहित उनलाई विश्व शान्ति र हार्दिकताको प्रतिमूर्तिको रूपमा रहेको बताउँदै तिब्बतमा बस्ने अनि तिब्बती बाहिरबस्ने उनका सबै अनुयायीहरूको तर्फबाट सुस्वास्थ्य र लामो जीवनको कामना गरेका थिए।

अर्कोतिर तिब्बती प्रवासी संसदको स्थानीय तिब्बती सदनका अध्यक्ष रिञ्छेन आचार्यले धर्मशालाको तिब्बती सदनले जारी गरेको जन्म दिवसको सन्देश पठन गरेका थिए। तिब्बतमा 1935-सालको 6 जुलाईको दिन जन्मिएका दलाई लामाको संक्षिप्त जीवनी र धर्म अनि शान्तिको निम्ति रहेको कार्यहरूको जानकारी दिए। यसैगरी उनले तिब्बतीहरूको उन्मुक्तिको निम्ति गरेको संघर्ष अनि तिब्बती संस्कृतिलाई जोगाउनको निम्ति दिएको उत्प्रेरणा र संघर्षका कथालाई पनि सन्देशमा उल्लेख गरिएको थियो। कार्यक्रममा विभिन्न कुदुक हरूले तिब्बती लोक सङ्गीतर संस्कृतिलाई झल्काएको थियो भने तिब्बती केलियोग्राफी जाम्याङ दोर्जी अनि तिब्बती एमएमए फाईटर तेञ्जिङ पेमा अनि राज्यको पूर्व सचिव छिगेल्लालाई सम्मान पनि जनाइएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया