सिक्किम र दार्जीलिङ मलाई एउटै परिवार जस्तो लाग्छ – सांसद राजू विष्ट

सिङ्ताम, 7 जुलाई। पूर्व सिक्किमको सिङ्ताममा आज भारतीय जनता पार्टीको सदस्य अभियान कार्यक्रम आयोजित गरियो, जो सफलतापूर्वक सम्पन्न भयो। धेरै मानिसहरु आए तथा सिक्किम सरकारका वर्तमान दुइजना मन्त्रीहरु पनि आए, खुशी लाग्यो। यस प्रकारको कार्यक्रम भाजपाले वृहतरुपमा सिक्किमको विभिन्न स्थानमा हुनेछ। कसरी हुन्छ यो क्षेत्रको निम्ति देशको निम्ति हामी मिलेर काम गर्नु पर्छ।

यो कुरो आज सिङ्ताममा भारतीय जनता पार्टीको सिक्किम प्रदेशको सदस्य अभियान शुभारम्भ कार्यक्रममा पत्रकारहरुसित कुराकानी गर्दै मुख्य अतिथि एंव दार्जीलिङका सांसद राजू विष्टले भनेका हुन्। यस कार्यक्रममा एसकेएम सरकारका मन्त्री संजीत खरेल, मन्त्री भीम हाङ् सुब्बा, भाजपा प्रदेश अध्यक्ष डी. बी. चौह्वान तथा पार्टीका वरिष्ठ नेताहरुको उपस्थिति रहेको थियो। मुख्य अतिथि विष्टले यसअघि कार्यक्रमलाई सम्बोधन गर्दै हिज वित्त मन्त्रीले राखेकी बजेट दश साललाई भिजन दिएर राखेको बजेट हो र देशलाई अघि बढ़ाएर लाने घोषणा यो बजेटमा भयो भन्ने बताउँदै किसान, एसएचजी, कनेक्टिभिटी, हाईवे सड़क, उड्डयन, स्टार्टअप जस्ता धेरै-धेरै योजनाहरुमाथि बजेटमा सामेल गराइएको बताए।

भाजपा सरकारले गरेको यस्ता विभिन्न विकासमूलक उपलब्धिहरुबारे घर-घरमा पुगेर सिक्किम प्रदेशका अध्यक्ष एंव कार्यकर्ताहरुले जनताहरुसमक्ष सन्देश दिने अपील गर्दै सांसद विष्टले आफूलाई सिक्किम र दार्जीलिङ एउटै परिवार जस्तै लाग्छ भनी बताए। सिक्किममा आयुशमान स्वास्थ्य योजना लागू भएको तर बंगाल सरकारले दार्जीलिङ पहाड़मा यसलाई अझैसम्म लागू नगरेकोमा दुख व्यक्त गरे। प्रधानमन्त्री मोदीले पूर्वोत्तर राज्यहरुलाई खुब माया गर्ने बताउँदै यसपटकको बजेटमा पूर्वोत्तरलाई 21-22 प्रतिशत राशि बढ़ाएर बजेट दिनेछन् भनी बताए। उनले जबसम्म मोदी प्रधानमन्त्री हुन्छन् तबसम्म यो देशलाई कसैले बेचेर खानु सक्दैन भनी ठोकुवा गरे। श्री विष्टले उपस्थित जनतालाई भाजपाको सदस्यता ग्रहण गर्ने पनि आह्वान गरे।

पत्रकारहरुसित बोल्दै सांसद विष्टले दार्जीलिङ पहाड़मा गोर्खा नेताहरुलाई पुलिसले पक्राउ गरेर थुनामा हाल्ने काम गरिरहेकोमा रोष प्रकट गर्दै यो अत्याचार 2017 पछि बढ़िरहेको छ र टीएमसी र काँहि न काँहि जीजेएम-2 –ले पनि मिलेर यस अत्याचारलाई बढ़ावा दिइरहेको छ भनी बताए। उनले भने, लोकसभा अनि उप-चुनाउमा पनि हार खाएर पनि उनीहरुले सबक सिकेका छैनन्, के सही हो, के गलत हो त्यसलाई हेरेर आफ्नो पार्टीको विस्तार गर्नु पर्ने हो तर उनीहरुले त्यसो नगरेर अत्याचार गरिरहेका छन्। उनीहरुले भूलिरहेका छन् कि नेता बनाउने जनताहरु हुन्, जनताले खुट्याउन जान्दछन् कि के सही हो, के गलत हो। सांसद विष्टले पहाड़मा भइरहेको पुलिसको अत्याचारको मुद्दा संसदमा पनि हिज उठाएको अनि यस विषयमा चुप लागेर बस्ने छुइनँ, यसको जाँच गराउने छु अनि के सत्य हो त्यसको दूधको दूध र पानीको पानी छुट्याएर कार्वाही गरिने बताएका छन्।

श्री विष्टले पहिलाको तुलनामा हाल सिक्किममा भाजपामा जनता धेरै सामेल भएको जनाउँदै सिक्किमका सांसद हाङ लिम्बू र आफूले मिलेर कसरी हुन्छ सिक्किम र दार्जीलिङको हितमा काम गर्ने प्रतिवद्धता जाहेर गरे। उक्त कार्यक्रमलाई भाजपा प्रदेश अध्यक्ष डी. बी. चौह्वानले स्वागत जनाएका थिए। उक्त कार्यक्रममा भाजपाका पूर्व प्रदेश अध्यक्ष पदम शर्मा पनि भाजपामा सामेल बन्दै सदस्यता ग्रहण गरे भने धेरै मानिसहरुले भाजपाको सदस्यता ग्रहण गरे। यस कार्यक्रमको अवसरमा वृक्षरोपन पनि गरियो। (नन्दु दूतराज)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया