चार्जमा राखेको जोलो फोन पड्कियोः भाग्यले बाँचे उपभोक्ता

नन्दु पौड्याल

डुवर्स, 23 मई 2017


राती सुत्न अघि मोबाइलाई चार्जरमा लगाएर सिरानीमुनी राखिएको जोलो कम्पनीको मोबाइल पड्कियो। मोबाइल पड्किँडा सुतेको सिरानी अनि मच्छरादानीमा आगो लाग्यो। थाहा पाएपछि तुरन्तै अर्को सिरानीले थिचेर आगो निभाइएको थियो। मोबाइल जलेर खरानी भयो। सुतेका मानिसहरु भाग्यले बाँचेका छन्।

घटना चेङमारी चिया कमानको माना लाइनमा घटेको हो। स्थानीय शिव कुजुर सोमबार राती सुत्न अघि आफुले चलाउँदै गरेको जोलो कम्पनीको मोबाइलाई चार्जमा लगाएर सिरानीमुनि हालेर सुतेका थिए। अचानक राती २ बजे घरभित्र बमजस्तै पड्केको आवाज आएपछि निद्रा भङ्ग भयो। हेर्दा बेडमा आगो लागिसकेको थियो। मोबाइल पड्केर, जलेर दुइ टुक्रा भएको थियो।

उनले हतार हतार नानीको सिरानी ल्याएर आगो निभाए।  ‘निभाउन ढिले भेको भए घरमा ठुलो दुर्घटना हुने थियो,’ कुजुरले खबरम्यागजिनसित भने। मोबाइलको अवस्था देखेर तिनी चकित भएका थिए। मोबाइल चार्जमा राख्दा पड्केको कुरा तिनले सोसल मीडिया मार्फत मात्र थाहा पाएकै हुन्, आफ्नो घरमा यस्तो होला भनेर उनले सोचेका थिएनन्।  ‘यदि त्यस समय मोबाइल हातमा भएको भए के हुन्थ्यो?,’ उनले डराउँदै भने, ‘म अरूलाई पनि सचेत हुने आह्वान गर्छु।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन