हिमालय दर्पणले मनायो 18 औँ स्थापना दिवस : सञ्जय प्रधान अनि जनस भुजेल सम्मानित

कालेबुङ, 8 जुलाई


नेपाली दैनिक पत्रिका हिमालय दर्पणको 18 औँ स्थापना दिवस पालन गरेको छ। हिमालय दर्पणको कालेबुङ शाखा कार्यालयमा यसै अवसरमा एक कार्यक्रम गरिएको थियो। केटिभीका निर्देशक नरेन्द्र तामाङ मुख्य अतिथि थिए। कालेबुङ नगरपालिकाका स्वास्थ्य निरीक्षक सञ्जय प्रधान अनि पत्रकार जनस भुजेलको विशेष उपस्थित थियो।

यसैबीच सञ्जय प्रधान अनि पत्रकार जनस भुजेललाई हिमालय दर्पणको पक्षमा कालेबुङ शाखाले हिमालय दर्पण कालेबुङ शाखा ब्युरो अजय अग्रवाल अनि मुख्य अतिथि नरेन्द्र तामाङको बाहुलीबाट सम्मान जनाइयो।

कालेबुङ नगरपालिकामा कार्यरत सञ्जय प्रधान कालेबुङको सुन्दरीकरण अनि कालेबुङको मानिसहरूका स्वास्थ्यका निम्ति दिनको आठ घन्टासँगै निरस्वार्थ भावनाले अन्य समय विशेष बिहान अनि बेलुका सधैँ काम गरिरहेका देखिन्छन्।

उनले कुनै ओभरटाइमको पैसा नलिइकन निरन्तर कालेबुङका मानिसहरूका निम्ति स्वास्थ्य अनि सफाई विषय काम गर्ने गरेका छन्, जसबाट कालेबुङवासी लाभान्वित भएका छन्। कालेबुङलाई सधैँ स्वस्थ राख्न सोच्ने अनि उनको यसै निस्वार्थ कार्यको सराहना गर्दै उनलाई सम्मान जनाइएको हो।

हिमालय दर्पणसँग जोडिएर रेलीपारिको वृहत ग्रामीण क्षेत्रलाई समेटेर क्षेत्रका मानिसहरूको गुनासो, मुद्दा, सरोकारदेखि विभिन्न विषयमा पत्रकारिता मार्फत उजागर गरी क्षेत्रको सेवा पुर्‍यारहेका पत्रकार जनस भुजेललाई पनि सम्मान जनाइएको थियो।

सम्मानपत्र पत्रकार रोशन दाहालले पढेर सुनाए। जनस भुजेल अनि सञ्जय प्रधानले पनि आफ्ना अनुभवहरू साझा गरेष मुख्यअतिथि नरेन्द्र तामाङले सञ्जय प्रधान र जनस भुजेलले गरिरहेका कार्यहरूको सराहना गर्दै उनीहरूलाई हिमालय दर्पणले यसरी सम्मान गरेकोमा हर्ष व्यक्त गरे।

उनले, दर्पणले समाजमा समाजका निम्ति कार्य गर्ने मानिसहरूलाई सम्मान जनाउने कार्य पहिलेबाटै गरिरहेको अनि यो धेरै राम्रो कार्य रहेको बताए। कार्यक्रममा ब्युरो चिफ अजय अग्रवालले पनि सम्बोधन गर्दै दर्पणले सधैँ स्थापना दिवस कार्यक्रम गरी समाजलाई विभिन्न क्षेत्रबाट सेवा पुर्‍याउने व्यक्तिहरूलाई सम्मान जनाउने बताए। कार्यक्रममा धन्यवाद ज्ञापन पत्रकार यौवन मोथेले गरेका थिए भने कार्यक्रममा अन्य पत्रकारहरूका पनि उपस्थिति रहेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया