साई समितिद्वारा बरदाङको पानीको मुहान परिसरमा बिरूवा रोपन

सिङताम, 8 जुलाई। श्री सत्य साई सेवा संगठन सिक्किम सिङताम जिल्लाको तत्वधानमा अनि   वरदाङ  भजन मण्डलीको तत्परतामा हिज आइतबारको दिन एक जिल्लास्तरीय  बिरूवा रोपन कार्यक्रम आयोजित गरियो। बरदाङ गाउँको पानीको मुहान परिसरमा लगभग २५० भन्दा बढ़ी विभिन्न प्रजातिका बोट-बिरुवाहरु रोपन गरियो। यस प्रकारको विश्वव्यापी वृहत कार्यमा श्री सत्य साई संगठन सिंगताम जिल्लाका प्राय: सबै समिति अनि मण्डलीका भारी मात्रामा सेवादलले अंशग्रहन गरेका थिए। यसका अतिरिक्त यस प्रकारको कार्यक्रममा क्षेत्र वरिपरिका विभिन्न समाज  तथा गैर सरकारी संगठन जस्तै दिव्य ज्योति समिति, युवा जागरण समिति, ए. बी. सी. चर्च बरदाङ, कस्तुरी क्लब बरदाङ अनि वरिपरिका स्व्यं सहायता समूहका प्रतिनिधिहरु अनि कार्यकर्तागणको विशेष गरेर जम्मा ५० महिला अनि ८४ पुरुष वर्गको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको थालनी विहान आठ बजे बरदाङ भजन मण्डली साई मन्दिरमा संगठनका सिंगताम जिल्ला अध्यक्ष  बसन्त छेत्रीको बाहुलीबाट दीप प्रज्जवलनसँगै गरियो भने आयोजक मण्डलीका कार्यकर्ता आर. एन. श्रेष्ठले बिरूवा रोपन अनि   त्यस विषय अप्नाउन पर्ने उपकरण अनि प्रविधिबारे छोटो जानकारी गराए। रोपन गरिएका बिरुवाहरु वन विभागबाट निशुल्क प्रदान गरिएको थियो। उक्त सेवा कार्य समाप्त भएपछि सिंगताम जिल्लाको एक जरुरी सभाको पनि आयोजना गरिएको जानकारी एच. आर. भट्टराईले दिएका छन्।(नन्दु दुतराज)

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया